गोदावरी नगरपालिकाको एकता अधिवेशन सम्पन्न

‘बाबू लालको संयोजकत्वमा १६ जनाको गोदावरी नगरपालिका समिति गठन’

गोदावरी नगरपालिकाको एकता अधिवेशन सम्पन्न

ललितपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ललितपुर जिल्ला अन्तरगत गोदावरी नगर पालिकाको एकता अधिवेशन सम्पन्न भएको छ ।

प्रमुख अतिथी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सचिवालय सदस्य शार्दुल र अतिथिहरुमा सचिवालय सदस्य कगेन्द्र,जिल्ला कार्यालय सदस्य जगदिस र उज्जल, विशेष कमिटि सदस्य रोसनको उपस्थितिमा उक्त एकता अधिवेशन सम्पन्न भएका हो ।

अधिवेशनले बाबू लाल सयोजक र सहसंयोजक धर्मसहित १६ जनाको गोदावरी नगर पालिका समिति गठन भएको छ !
कार्यक्रमको अध्यक्षता बाबू लाल,सचालक धर्म र स्वागत मन्तव्य जगदिसले गर्नु भएको थियो !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :