प्रचण्ड पनि कोसी उच्चबाँधको विपक्षमा

काठमाडौं : कोसी उच्चबाँधको चर्को विरोध भैरहेको बेला पूर्व प्रम दाहालले हतार र हचुवामा कोसी उच्चबाँध परियोजना अघि बढाउन नहुने बताएका छन् । थप अध्ययन गर्नुपर्ने भन्दै दाहालले सो सम्झौताबाट पछिहट्ने संकेत गरेका हुन् । बुधबार चुनाव प्रचारको क्रममा राजविराज पुगेका दाहालले पत्रकार भेटघाटमा सो खुलासा गरेका हुन् । जबकि मंगलबारको चुनावी सभामा प्रम देउवाले सकरात्मक मन्तव्य दिएपछि त्यसको चर्को विरोध भएको थियो । जनस्तरबाट कोसी उच्चबाँधको विरोध बढ्दै गएपछि सत्ताररुढ दलभित्रै मतभेद देखिन थालेको छ । प्रचण्डकोसमेत सहमतीमा मोदी–देउवा ४६ बुँदे सहमती भएको छलङ्ग हुँदाहुदै प्रचण्डद्वारा अहिले कोसी उच्चबाँधको विरोधमा बोल्नुलाई कतिपयले जनतालाई मुर्ख बनाउने प्रचण्ड शैली भनेका छन् ।

२०७४ भदौ २९ गते १४ २३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :