दार्चुलामा महाकाली सन्धीको विरोध

काठमाडौं : महाकाली सन्धिको विरोधमा नेकपा दार्चुलाले खलंगामा विरोध गरेको छ । सदरमुकाम खलंगामा भएको असमान एकीकृत महाकाली सन्धि, पञ्चेश्वर र राष्ट्रघात विषयक गोष्ठिमा बोल्ने अधिकाँश वक्तहरूले सो विरोध गरेका हुन् । भदौ २५ गते सम्पन्न सो गोष्ठिमा नेपाली काँग्रेसका पदमराज पन्त, एमालेका नरबहादुर दमै, मसालका मनराम दमाई, राप्रपा (थापा) का करण बडाललगायतका वक्ताहरूले महाकाली सन्धि नेपालको हितमा नभएकोले खारेजगरी नयाँ सन्धि गर्नुपर्ने बताएका थिए । कार्यक्रमको अध्यक्षता नेकपा दार्चुला सेक्रेटरी विराटले गरेका थिए । सदरमुकाम खलंगाबाट प्राप्त पछिल्लो समाचार अनुसार २७ गते गोकुलेश्वरमा नेकपाले भण्डाफोर रभा सम्पन्न गरेको छ ।

२०७४ भदौ २९ गते ९ : ५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :