त्रिशूली जलविद्युतमा भीषण आगलागी

काठमाडौं : त्रिशूली जलविद्युत उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा (नो लाइट) मा भीषण आगलागी भएको छ । बुधबार राती १० बजे त्रिशूलीस्थित फ्युज सेवामा विद्युत वितरण गर्न जडान गरिएको ‘इनकमर’ र वितरणको सातवटा फिडर रहेको फ्युज शाखामा अकस्मात् आगलागी हुँदा विद्युत् वितरण सेवा अवरुद्ध भएको छ । आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको, नियमित विद्युत्त आपूर्ति हुन २ दिन लाग्ने बताइएको छ । आगलागीले विद्युत प्रशारणको इनकमर र वितरण फिडरमा क्षति पुर्याएकाले त्रिशूली जलविद्युत  केन्द्रमार्फत वितरण हुँदै आएको नुवाकोट, रसुवा र धादिङमा विद्युत्सेवा अवरुद्ध भएको छ । केन्द्रमार्फत वितरण भएको नुवाकोटको सदरमुकाम विदुरसहित आसपासको क्षेत्र, लिखु गाउँपालिका, सूर्यगढी गापा, किस्पाङ गापा, मेघाङ गापा, रसुवाको कालिका गापा, उत्तरगया गापा, नौकुण्ड गापा र धादिङको नेत्रावती गापालगायतका स्थानमा विद्युत्सेवा अबरुद्ध भएको बताइएको छ ।

२०७४ भदौ २९ गते ८ :४४  मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :