क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा विजय र प्रवेशलाई चेतावनीपूर्ण निर्देशन

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा विजय र प्रवेशलाई चेतावनीपूर्ण निर्देशन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले पार्टी सदस्य विजय र केन्द्रीय सदस्य प्रवेशलाई पार्टीको मर्यादामा रहन चेतावनीसहितको निर्देशन दिएका छन् ।
प्रेस–वक्तव्य जारी गर्दै प्रवक्ता कञ्चनले जेठ ६ गते रूपन्देही जिल्लाबाट नकारात्मक उद्देश्य राखेर जारी गरिएको प्रेस वक्तव्यले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण गराएको उल्लेख छ । पूर्वनेकपा (बहुमत) का रूपन्देही संयोजक विजय र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल एकता महाधिवेशन आयोजक समितिका सदस्य प्रवेशको हस्ताक्षर रहेको उक्त वक्तव्यले जनतामा भ्रम पार्न खोजेकाले पार्टीले विषय सार्वजनिक गरेको उल्लेख छ ।
प्रवक्ता कञ्चनको वक्तव्यमा भनिएको छ, ‘क. विजयलाई पार्टी केन्द्रीय कार्यालयले निलम्बन गरेको अवस्थामा त्यसलाई समेत जानीजानी चुनौती दिने गरी क. प्रवेशले समेत उक्त प्रेस वक्तव्यमा हस्ताक्षर गरी सार्वजनिक गर्नुभएको छ । अतः क विजयलाई पार्टी सदस्यका रूपमा अनुशासित रहन र क. प्रवेशलाई केन्द्रीय समिति सदस्यको मर्यादामा रही काम गर्न निर्देशित गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :