व्यवसायीको आन्दोलनमा क्राकपाको समर्थन

कास्की : कास्कीको पोखरा पृथ्वीचोकमा रहेको सरकारी जमिनमा व्यवसाय गर्दै आएका फुटपाथ व्यवसायीहरूको आन्दोलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, कास्कीले समर्थन जनाएको छ ।

पार्टीको महाधिवेशन आयोजक समिति सदस्य एवम् कास्की इन्चार्ज गोकुल पराजुलीका अनुसार नेपाल सरकार, कृषि सामग्री संस्थानका नाममा रहेको उक्त जमिनमा विगत ११ वर्षदेखि फुटफाथ व्यवसायीहरूलाई व्यवस्थित गर्नका लागि तत्कालीन ७ राजनीतिक दल र पोखरा उपमहानगरपालिकाको सहमतिमा बसालिएको बजारमा सरकारले चार सय प्रतिशत भाडादर बढाएर ठेकेदारी प्रथालाई प्रश्रय दिँदै टेन्डर आह्वान गरेर अगाडि बढेको तर व्यवसायीहरूले बजार आफूहरूले नै चलाउन पाउनुपर्ने र भाडा सीधै सरकारलाई तिर्न तयार रहेको भन्दै सुरु गरिएको आन्दोलनमा पार्टीले ऐक्यबद्धता जनाएको हो ।

व्यवसायीहरूको माग पूरा नगरिए सङ्घर्ष अझ कडा बनाउने र त्यसको जबाफदेही सरकार नै हुने चेतावनी पनि उनले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :