नेकपा (बहुमत) र क्रान्तिकारी माओवादीबीच एकताको सम्पूर्ण तयारी पूरा

वैशाख १८ गते खुलामञ्चमा ऐतिहासिक घोषणा सभा

नेकपा (बहुमत) र क्रान्तिकारी माओवादीबीच एकताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ :नेपालका दुई मालेमावादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच वैशाख १८ गते मे दिवसका दिन घोषणा हुने एकता कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको छ । नेकपा (बहुमत) को केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार मजदुर दिवसका दिन उल्लेख्य जनसहभागिताबीच खुला मञ्चमा ऐतिहासिक घोषणा सभा हुनेछ । घोषणासभामा यसअघि दुई पार्टीका रूपमा रहेका शीर्ष नेताहरूले पार्टीको नयाँ नामसहित नयाँ नेतृत्व र कार्यक्रम सार्वजनिक गर्दै एकताको घोषणा गर्नेछन् । पार्टी एकता घोषणासभामा शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्राप्त जानकारीअनुसार दुवै पार्टीका शीर्ष नेतृत्व र एकता संयोजन समितिका बैठकहरू बसेर दर्शन, विचार, राजनीति, कार्यक्रम, योजना र सङ्गठनका विषयमा भएका छलफलहरू करिब टुङ्गिइसकेका छन् । १७ गतेसम्म दुवै पार्टीका एकल र संयुक्त बैठक÷अधिवेशनहरू बसेर १८ गते पार्टी एकता घोषणाका लागि प्रस्तावहरू तयार पार्ने स्रोतले जनाएको छ ।
यसैक्रममा नेकपा (बहुमत) का संयोजक कञ्चन, प्रवक्ता सुदर्शन, कार्यालय सदस्य दीपकलगायत नेतृत्वको उपस्थितिमा काठमाडौँमा बसेको जवस, मोर्चा र बागमती उपत्यका ब्युरोमा रहेका भूगोलका प्रमुख र इन्चार्जहरूको संयुक्त बैठकले खुलामञ्चमा सोमबार हुने पार्टी एकता घोषणा सभा भव्यतापूर्वक सफल पार्ने निर्णय गरेको छ ।
बैठकमा पार्टी संयोजक कञ्चनले दुई क्रान्तिकारी मालेमावादी पार्टीबीचको एकता धक्कापूर्ण राजनीतिक महत्वको ऐतिहासिक परिघटना भएकाले भव्यतापूर्वक सफल पार्नुपर्ने बताए ।
पार्टी प्रवक्ता सुदर्शनले पार्टी एकता र क्रान्तिकारी ध्रुवीकरणको औचित्य पार्टी एकता र क्रान्तिको सफलताले प्रमाणित गर्नुपर्ने प्रस्ट पार्दै एकता घोषणा कार्यक्रमलाई उत्सवका रूपमा सम्पन्न गर्नुपर्ने बताए ।
पार्टी केन्द्रीय कार्यालय सदस्य दीपकले दुई क्रान्तिकारी पार्टीबीचको एकताले क्रान्तिको वातावरण निर्माण गर्न ऐतिहासिक भूमिका निर्वाह गर्ने बताए ।
बैठकमा बागमती उपत्यका ब्युरो इन्चार्ज शरद, जवस मोर्चा फ्र्याक्सन इन्चार्ज शार्दूल, पार्टीको केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरो संयोजक अशोक सुवेदी, पार्टीको काठमाडाँै जिल्ला इन्चार्ज दीपेन्द्र चलाउने, संयोजक अविरल चन्द, ललितपुर इन्चार्ज दिल, भक्तपुर इन्चार्ज रोजन, अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राई, किसान सङ्गठनका अध्यक्ष हरि श्रेष्ठ, महिला सङ्गठनकी अध्यक्ष अञ्जना तामाङ, सुकुमबासी सङ्गठनका अध्यक्ष मीनराज गिरी, दलित मोर्चाका संयोजक दर्शन नेपाली, बुद्धिजीवी सङ्गठनका देवकला अधिकारी, नन्दलाल खरेल, पार्टीको नुवाकोट इन्चार्ज रक्तिम, पत्रकार सङ्गठनका संयोजक कमलका साथै मजदुर, शिक्षक, सम्पर्क मञ्चलगायत मोर्चाका प्रतिनिधिले घोषणा सभा भव्य र सन्देशमूलक बनाउनुपर्ने बताएका थिए ।
यसअघि दुवै पार्टीले चैत २४ गते काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गर्दै वैशाख १८ गते पार्टी एकता घोषणा सभ ागर्ने सार्वजनिक गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :