लेनिन र महान् अक्टोबर क्रान्ति

सन्दर्भ : १५४ औँ लेनिन दिवस

लेनिन र महान् अक्टोबर क्रान्ति

महान् अक्टोबर क्रान्तिको चौथो वार्षिक उत्सवका अवसरमा लेनिनले लेख्नुभएको थियो, ‘ती महान् दिनहरू हामीबाट जति टाढा हुँदै जान्छन्, त्यति नै स्पष्ट रूपले हामी रुसमा सर्वहारा क्रान्तिको महŒव देख्छाँै र त्यति नै गहिराइका साथ हाम्रा समग्र कामको व्यावहारिक प्रतिबिम्बन हुन्छ ।’ अक्टोबर क्रान्तिको त्यो महान् दिन एक शताब्दी पछाडि जाँदा माक्र्सवाद–लेनिनवाद–माओवादको वैज्ञानिकता, समाजमा वैज्ञानिक समाजवादको आवश्यकता, बुर्जुवा जनवादी क्रान्तिका कार्यभारहरू पूरा गर्न सर्वहारा वर्गको नेतृत्वमा समाजवादी क्रान्तिको आवश्यकता अझ व्यावहारिक रूपमा प्रस्ट भएका छन् ।
महान् अक्टोबर क्रान्ति मानव सभ्यताको एउटा अभूतपूर्व राजनीतिक उथलपुथल थियो जसले मानवसभ्यतालाई नितान्त नयाँ, विकसित र सभ्य समाजमा रूपान्तरित गरेको थियो । सामन्तवादबाट सम्बन्धविच्छेद गर्दै पुँजीवादी युगको सूत्रपात गर्न खोेज्ने बुर्जुवा वर्गले सत्ता समालेको कयौँ वर्षसम्म समाजमा परिवर्तन त्यसरी गर्न सकेन जसरी सर्वहारा वर्गीय जनवाद स्थापन भएपछि रुसमा गरियो । रुसी क्रान्तिको महŒवपूर्ण पक्ष रुसलाई तत्काल र सीधा क्रान्तीकृत गर्नु थियो जसबाट मूलतः बुर्जुवा जनवादी क्रान्ति पूरा गर्नु हुन्थ्यो । त्यसको तात्पर्य रुसमा जीवित रहेको मध्ययुगीन अवशेषहरूको अन्त्य गर्नु थियो । त्यसबाट रुसको प्रगतिको बाधक बनेको बर्बरताको अन्त्य हुन्थ्यो र देश नयाँ संस्कृति र प्रगतिको बाटोमा अगाडि बढ्थ्यो । यसरी अगाडि बढ्ने कुरालाई लेनिनले आफैँले न्यायपूर्ण रूपमा गर्व गर्नलायक काम गरेको भन्नुभयो । मध्ययुगीन अवशेषहरूको अन्त्य तथा रुसी शासकहरूको बर्बरताको अन्त्य अक्टोबर क्रान्तिभन्दा करिब १२५ वर्ष अगाडि (१७९३) मा सम्पन्न भएको फ्रान्सेली क्रान्तिभन्दा अत्यन्त छिटो, अत्यन्त दृढतापूर्वक र व्यापक तथा गहिराइका साथ गरियो ।
समाजवादी क्रान्ति माक्र्सवादी विज्ञानमा आधारित क्रान्ति थियो । मानव जातिका लागि नवीन र मुक्त समाज खोजेको हजारौँ वर्षदेखि दुनियाँमा यो सम्भव भइरहेको थिएन । समाजवादको चाहना गर्ने प्रगतिशीलहरू काल्पनिक समाजवादको सिकार हुन्थे र उनीहरू बुर्जुवा जनवादका अनुयायीमा रूपान्तरित हुन्थे । कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले कम्युनिस्ट घोषणापत्र जारी गरेपछि जनताका पक्षमा पेरिस कम्युन गठन भयो । तर केही दिनमै कम्युनको पराजय र पुँजीवादीहरूले सत्ता कब्जा गरेपछि समाजवादी आन्दोलनमा पुनः बहस र विघटन सुरु भयो, समाजवादी विज्ञानमाथि तमाम प्रश्नहरू खडा गरिए । पहिलो र दोस्रो अन्तर्राष्ट्रिय विघटन हुनुमा क्रान्तिकारी आन्दोलनमा आएको असफलता र त्यसले पैदा गरेको निराशा थियो । अक्टोबर क्रान्तिबाट माक्र्सवादको सच्चाइ, त्यसको वैज्ञानिकता, समाजमा त्यसको आवश्यकता मात्र प्रमाणित भएन, माक्र्सवादप्रति लेनिनको विश्लेषणलाई कुनै कसर नराख्ने गरी सही प्रमाणित भयो । लेनिनले सर्वहारा नेतृत्व र केवल सर्वहारा वर्गको नेतृत्वमा बुर्जुवा जनवाद अथवा पुँजीवादी क्रान्तिका सम्पूर्ण कार्यभारहरूलाई पूर्ण रूपमा सम्पन्न गर्नुभयो जुन बुर्जुवा वर्गले बुर्जुवा क्रान्ति भएका कुनै पनि मुलुकमा त्यसप्रकारले सम्पन्न गर्न सकेका थिएनन् । लेनिनले भन्नुभयो, ‘हामी समाजवादी क्रान्तिमा सचेतपूर्ण तरिकाले, कुनै हिच्किचाहटबिना र दृढतापूर्वक अगाडि बढेका छौँ, यो तथ्य जान्दै– बुर्जुवा जनवादी क्रान्ति र सामाजवादी क्रान्तिका बीचमा कुनै ठूलो चिनीयाँ पर्खाल रहेको हुँदैन र (अन्तिम निष्कर्षमा) यो कुरा पनि जान्दै कि हामी कति अगाडि बढ्न सक्छौँ, हामीले कति विशाल र कति अग्लो काम सम्पन्न गर्न सक्छाँै र हाम्रा सफलताहरूलाई कति हदसम्म सुदृढ गर्न सक्छौँ भन्ने कुरा केबल सङ्घर्षले निर्धारित गर्नेछ ।’
लेनिनले के कुरा स्पष्ट गर्नुभयो भने बुर्जुवा जनवादी क्रान्तिको सार के हो भन्ने विषयमा माक्र्सवादीहरू स्पष्ट हुनुपर्छ । लेनिनले भन्नुभयो, ‘बुर्जुवा जनवादी क्रान्ति भनेको देशको सामाजिक सम्बन्ध मध्ययुगीन, जमिनदारी, सामन्तवादी प्रथाबाट अलग गर्नु हो ।’ सन् १९१७ को अक्टोबर क्रान्तिसम्म रुसमा रहेको मध्ययुगीन, जमिनदारी तथा सामन्तवादी प्रथाका अवशेषहरू के थिए भन्ने विषयमा लेनिनले स्पष्ट गर्नुभयो, ‘राजतन्त्र, सामाजिक जमिनदारीप्रथा, व्यक्तिगत व्यवसाय, जमिनको कुत उठाउने व्यवस्था, महिलामाथिको उत्पीडनको अवस्था, धर्म र जातिमाथिको उत्पीडनको अवस्था’ (लेनिन– उही) मध्ययुगीन अवशेषका रूपमा पुँजीवादी रुसमा मौजुद थिए । मध्ययुगीन बर्बरताको अन्त्य, महिलामाथिको शोषणको अन्त्य, जातिमाथिको उत्पीडनको अन्त्य, बुर्जुवा जनवादी क्रान्ति सम्पन्न गरेका तथा बुर्जुवा जनवाद रहेका कथित सभ्य देशहरू ः फ्रान्समा १२५ वर्षदेखि विद्यमान थियो, बेलायत २५० वर्षदेखि सफाइ गर्न सकिएको थिएन । त्यसप्रकारका विकृतिहरूको रुसमा केबल तीन–चार वर्षमा समाजवादी क्रान्तिले जरैदेखि सफाया ग¥यो । समाजवादी सत्ताले २५ अक्टोबर (७ नोभेम्बर) १९१७ देखि संविधानसभा भङ्ग गर्दाको समय ५ जनवरी १९१८ सम्मको केवल १० सातामा सर्वहारा वर्गको नेतृत्वमा रहेको समाजवादी सत्ताले १० हजार गुणाभन्दा बढी काम ग¥यो जुन क्षेत्रमा पुँजीवादीहरू, बुर्जुवा जनवादीहरू, केडेटहरू, मेन्सेबिक समाजवादी क्रान्तिकारीहरूको सरकार सत्तामा रहेको ८ महिनाको अवधिमा गरेको थियो ।
रुसमा त्यहाँको राजतन्त्र जारका विरुद्ध धेरैले तलबार चलाएका थिए तर समाजवादी क्रान्तिले त्यसलाई जरैदेखि उखेल्यो । त्यसका सामाजिक अवशेषहरूलाई खुर्केर फाल्यो जो कुनै पनि तागतले इतिहासमा गर्न सकेको थिएन । समाजवादी सत्ताले समाज रूपान्तरण गर्न त्यति बेलाको सबैभन्दा अग्रस्थानमा रहेका सभ्य भनिने देशहरू बेलायत, फ्रान्स र जर्मनीले पनि राजतन्त्र र त्यसको सामाजिक अवशेषको समूल नष्ट गर्न सकेका थिएनन् । सामाजिक जमिनदारी व्यवस्थाको गहिरिएको जरा पूर्ण रूपमा उखेल्ने काम रुसी क्रान्तिले ग¥यो ।
त्यस्तै धर्मका नाममा जनतामाथि शोषण गर्ने, महिलाको अधिकार अस्वीकार गर्ने, रुसीभन्दा बाहेकका जातिमाथिको दमन असमान व्यवहारको प्रश्नलाई दिन सकिन्छ मध्ययुगीन बर्बरताका रूपमा लिन सकिन्छ । बुर्जुवा जनवादी क्रान्तिका यी समस्याहरू पुँजीवादको स्थापना भैसकेका देशहरूमा पनि रहँदै आएका थिए । फेब्रुअरी क्रान्तिपछि सामाजिक जनवादीहरूले, निम्न बुर्जुवा जनवादीहरूले आठ महिनाको शासनकालमा समाधान दिने वचन बारम्बार दिँदै आएका थिए । यी प्रश्नहरूलाई विकसित भनिएका कुनै पनि देशमा पूर्ण रूपमा बुर्जुवा जनवादले भनेअनुसार अथवा बुर्जुवा जनवादी नीतिअनुसार व्यवहारमा समाधान गर्न सकेको थिएन । ती समस्याहरूलाई अक्टोबर क्रान्तिले स्थापित गरेको जनसत्ताले पूर्ण रूपमा वैज्ञानिक तरिकाले समाधान गरेको थियो । अक्टोबर क्रान्तिले रुसमा धर्मलाई पूर्ण रूपमा नष्ट ग¥यो । लेनिनले भन्नुभयो, ‘हामीेले सम्पूर्ण गैररुसी जातिहरूलाई कि उनीहरूको गणराज्य वा स्वायत्तता दिएका छौँ । हामीले रुसीहरूमा महिला अधिकार तथा लिङ्गभेदका विरुद्धको पुरानो धरातल, साधन र बदनाम अस्वीकृति जो दुर्गन्धित सामन्तवाद तथा मध्ययुगीन व्यवस्थाका अवशेषहरू हुन्, कहीँ बाँकी राखेनौँ जो निम्न पुँजीवादी बुर्जुवा सत्ताबाट कुनै न कुनै रूपमा नवीकृत गर्दै बाँचिरहेको थियो ।’
लेनिनले स्पष्ट गर्नुभयो, महिलाको समान अधिकार स्थापना गर्ने, लिङ्ग भेदको अन्त्य गर्ने, राजतन्त्रको अन्त्य गर्ने, सामाजिक न्यायको स्थापना गर्ने, धर्मको अन्त्य गर्नेजस्ता समग्र मुद्दाहरू बुर्जुवा जनवादी क्रान्तिका विषयहरू थिए । १५० वर्ष र २५० वर्ष पहिल्यै ती पुँजीवादी क्रान्तिका प्रगतिशील नेताहरूले (अथवा विभिन्न प्रकृतिका जातिलाई लिने हो भने हामी क्रान्तिहरू पनि भन्न सक्छौँ । मध्ययुगीन विशेषाधिकारहरूको अन्त्य गर्ने, लिङ्गभेदको अन्त्य गर्ने, धर्मका लागि जमिनमाथिको अधिकारको अन्त्य गर्ने (अथवा धार्मिक अन्धविश्वास तथा चर्चहरूको अन्त्य गर्ने) तथा जातीय विभेदको अन्त्य गर्ने कुराको वचन दिएका थिए । उनीहरूले वचन दिए तर वचनमा प्रतिबद्ध रहन सकेनन् । उनीहरू कुन कारणले वचनमा प्रतिबद्ध रहन सकेनन् भने उनीहरूलाई ‘व्यक्तिगत सम्पत्तिप्रति अधिकारको आशीर्वाद’ र ‘आत्मसम्मान’ बाट अवरोध भयो । हाम्रो सर्वहारा क्रान्ति त्यो घृणित ‘आत्मसम्मान’ र ‘व्यक्तिगत सम्पत्तिप्रति अधिकारको आशीर्वाद’ बाट कहिल्यै प्रभावित भएन ।’
लेनिनले के पनि स्पष्ट गर्नुभयो भने बुर्जुवा जनवादी क्रान्तिका समस्या समाधान गर्नु सर्वहारा वर्गको कर्तव्य हो किनभने समाजवादी आन्दोलनमा बुर्जुवा जनवाद भनेको सर्वहारा वर्गको मुख्य काम र वास्तविक सर्वहारा क्रान्तिको सहउत्पादन हो । लेनिनले भन्नुभयो, ‘हामीले हमेसा भन्ने गरेका छौँ कि सुधार भनेको क्रान्तिको क्रान्तिकारी वर्गसङ्घर्षको सहउत्पादन हो ।’ (लेनिन, उही) लेनिनले सुधारलाई क्रान्तिको प्रक्रियाबाट अलग गर्ने र बुर्जुवा सुधारवादको भासमा जाकिने सुधारवादी काउत्स्की, हिलफर्डिङ्स, मार्तोभ, चेर्नोभस, हिल्क्विटस्, लङ्गेटस, म्याकडोनल्डस, तुरातीजस्ता तेस्रो अन्तर्राष्ट्रियका नेताहरूको धज्जी उडाउनुभयो र भन्नुभयो, ‘सङ्घर्ष र केवल सङ्घर्षले मात्र दोस्रो (क्रान्ति) कतिसम्म सफल हुन्छ भन्ने कुरा पहिलो (सुधार) कतिसम्म विकास हुनसक्छ भन्ने कुराले निर्धारण गर्छ ।’
लेनिनको देहान्तपछि महान् सर्वहारा नेता कमरेड स्टालिनले रुसलाई लेनिनको बाटोमा हिँडाउनुभयो । स्टालिनको नेतृत्वमा रुसले हिटलरका विरुद्ध विजय हासिल ग¥यो । वास्तवमा त्यो विजय भनेको केबल हिटलरकोे नेतृत्वमा रहेको जर्मनीका विरुद्ध मात्र थिएन, त्यो रुजबेल्टको नेतृत्वमा रहेको अमेरिका र चर्चिलको नेतृत्वमा रहेको बेलायतका विरुद्धको विजय पनि थियो । अमेरिका र बेलायत जर्मनीको हिटलरका आतङ्कले मात्र सोभियत रुससँग संयुक्त मोर्चामा आएका थिए र उनीहरूको नीति भनेको रुस र जर्मनीको विनास देख्नु थियो । स्टालिनको नेतृत्वमा सोभियत समाजवादी सत्ताको विजयले विश्वलाई साम्राज्यवादी उत्पीडनको सिकारबाट बचायो र साम्राज्यवादको पतन सुरु भयो । विश्वमा तमाम देशहरूमा राष्ट्रवादी आन्दोलन विकास हुन पुगे र भारतलगायत तमाम देशहरूले साम्राज्यवादी उत्पीडनबाट स्वाधीनता प्राप्त गरे । रुसमा स्टालिनको नेतृत्वमा समाजवादको विजय र चीनमा माओ त्सेतुङको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न हुँदैनथ्यो भने अहिले पनि तमाम मुलुकहरूले साम्राज्यवादी उत्पीडन चरम रूपमा खेप्नुपर्ने थियो । स्टालिनको नेतृत्वमा समाजवादी रुसमा भएको विजयले विश्वका तमाम देशहरूमा समाजवादी क्रान्तिको लहर पैदा भयो, साम्राज्यवादी एक धु्रवको अन्त्य भयो र समाजवादी धु्रव खडा भयो, संयुक्त राष्ट्रसङ्घको स्थापना भयो, हिटलरको दमन र आतङ्कमा च्यापिएका यहुदीहरूको पुनस्र्थापना भयो । चीन, कोरियालगायत देशहरूमा क्रान्ति सम्पन्न भए र विश्वमा राष्ट्रिय स्वाधीनताका आन्दोलनहरू विकास भए । लेनिनको जीवनकालमै समाजवादमाथि गर्न खोजिएको प्रतिक्रान्तिलाई स्टालिनले रोक्नुभयो र पुँजीवाद र साम्राज्यवादी एजेन्टहरूको जरा उखेल्नुभयो ।
समाजवादी क्रान्तिपछि सोभियत रुसको अन्तर्राष्ट्रिय सम्बन्धमा परिवर्तन आयो । सन् १९१८ मा ब्रेस्ट लिटोवस्क सन्धिमा हस्ताक्षर गरियो । जारशाही सत्ताले करिब ३०० वर्षदेखि नियन्त्रणमा राखेका युक्रेन, फिनल्यान्ड, बाल्टिक तथा अन्य क्षेत्रहरू गुम्न पुगे । परिस्थितिको सही आँकलन नगरीकन राष्ट्रवादको नारा दिने र सन्धि गर्न ढिलाइ गर्नुका कारण धेरै भूभाग गुमाउनुप¥यो । यसमा ट्राट्स्कीको भूमिका रह्यो जसको सर्वत्र आलोचना भयो । अर्कोतिर क्रान्तिमा पराजित अन्धराष्ट्रवादीहरूले त्यो सन्धिको विरोध गरे । तर लेनिनले समाजवादको रक्षा गर्ने दुस्मनलाई चिन्ने र पछि उचित व्यवहार गर्ने द्वन्द्ववादी नीतिमा रहेर गरिएको सन्धिको बचाउ गर्नुभयो । आफ्नै जीवनमा यो सन्धिबाट गुमेका कतिपय क्षेत्रहरू समाजवादी सत्ताले फिर्ता ग¥यो । समाजवादको स्थापनापछि कतिपय देशहरू आत्मनिर्णयको अधिकारसहित स्वतन्त्र हुन पुगे । यसप्रकारको अधिकार जनताका लागि संसारका कुनै पनि बुर्जुवा सत्ताबाट सम्भव थिएन । सोभियत सत्ताभित्रै यसलाई लेनिनका विरुद्ध प्रयोग गर्न खोजियो र समाजवादी सत्ता उल्ट्याउने चेष्टा गरियो । प्रतिक्रान्तिकारीहरूबाट निर्माण गरिएका श्वेतसेनालाई सम्पूर्ण सहयोग उपलब्ध गराउँदै साम्राज्यवादी अमेरिका, बेलायत, फ्रान्स र जापानले १००,००० सम्मको सैन्य शक्ति परिचालन गरे । तर लालसेना समाजवादी सत्ताको रक्षाका लागि, जनताका अधिकारहरू सुनिश्चित गर्नका लागि र अन्तर्राष्ट्रियसहितको राष्ट्रियताको बचाउका लागि जनतामा स्थापित थियो र श्वेतसेना विदेशीको इसारामा चल्ने जनविरोधी थियो । जसको कारण त्यो पराजित हुन पुग्यो । श्वेतसेनाको पराजय सोभियत सत्ताका विरुद्ध साम्राज्यवादको पराजय थियो । युरोपभर हाबी भएको एकाधिकारवाद पुँजीवादका विरुद्ध सङ्घर्ष गर्न लेनिनले अघि सारेको अलग हुने अधिकारसहित आत्मनिर्णयको अधिकारको नाराले काम ग¥यो । दोस्रो विश्वयुद्धको अवस्थासम्म आउँदा धेरै युरोपियन देशहरू समाजवादमा रूपान्तरित भए र समाजवादी खेमामा खडा हुन पुगे ।
समाजवादी सत्ता स्थापनासँगै साम्राज्यवादीहरूले रुससँगको कूटनीतिक सम्बन्धसमेत विच्छेद गरेका थिए । तर करिब २५ वर्षको अवधिमा संसारका धेरै देशहरूसँग कूटनीतिक सम्बन्ध स्थापित भयो । दोस्रो विश्वयुद्धमा हासिल गरेको विजयसँगै रुस संयुक्त राष्ट्रसङ्घको संस्थापक सदस्य भयो र भिटो पावर प्राप्त ग¥यो । स्टालिनको निधन र ख्रुस्चेभको आगमनसँगै रुसी कम्युनिस्ट पार्टीका नीतिहरूमा बदलाव आउन थाले जसको कारण अल्बानिया र युगोस्लाभियाजस्ता देशहरू रुसी सत्ताको विरोधमा उभिन थाले ।
सोभियत व्यवस्थाले श्रमजीवी किसान र मजदुर क्षेत्रका जनतालाई अत्यधिक जनवाद प्रदान ग¥यो र त्यही समयमा बुर्जुवा जनवादबाट पूर्ण रूपमा अलग रहँदै भिन्न प्रकारको युग निर्माण गर्ने जनवादको स्थापना ग¥यो जसलाई सर्वहारा जनवाद भनिन्छ अथवा त्यसलाई सर्वहारा अधिनायकत्व भनिन्छ ।
अक्टोबर क्रान्ति सम्पन्न गर्दा र सोभियत सत्ता सञ्चालन गर्दा भएका कतिपय राजनीतिक मुद्दाहरूमा निम्नपुँजीवादी तथा बुर्जुवा जनवादी नेताहरूले लेनिनको आलोचना गरे । लेनिनमाथि साम्राज्यवादीहरू, विदेशी लुटेराहरू, जारका एजेन्टहरूले अनेक प्रकारका आरोपहरू लगाए । तर लेनिनले त्यसको प्रतिवाद गर्नुभयो । लेनिनले भन्नुभयो, ‘हामी यो कुरा एकछिन पनि बिर्सन सक्दैनौँ विगतमा कैयौँ कमजोरी भए, कैयौँ निर्णयहरूलाई उल्ट्याउनुपर्ने अवस्था आयो र अहिले पनि हुँदैछ । रुसमा क्रान्ति सम्पन्न गर्ने, सर्वहारा जनवादको प्रचुर अभ्यास गर्ने, जस्तो विशाल इतिहास निर्माण गर्ने अवसरमा हामी कसरी पुनरावलोकन र कमजोरीहरूलाई पन्छाउन सक्छौँ ।’ लेनिनको निधनपछि स्टालिनलाई पनि तमाम प्रकारका आरोपहरू साम्राज्यवादी र उनका दलालहरूले लगाउने गरे । यो बहसलाई माओ त्से तुङले व्यवस्थित गर्नुभयो र रुसी उखानको एउटा भनाइलाई सापटी लिँदै भन्नुभयो, ‘स्टालिन एउटा चिल हुनुहुन्थ्यो जो सधैँभरि आकाशमा विचरण गर्दछ र कहिलेकाहीँ तल पनि ओर्लन्छ तर ख्रुस्चेभ त्यो कुखुरो थियो जो कहिल्यै आकाशमा विचरण गर्न सक्दैनथ्यो र हमेसा गोबरको थुप्रो खोस्रिन्थ्यो ।’ माओले भन्नुभयो– स्टालिन एउटा महान् माक्र्सवादी–लेनिनवादी हुनुहुन्थ्यो तर केही मानवजन्य कमजोरीहरू अवस्य भएका थिए जो केही परिस्थितिजन्य र केही दर्शनमा भएको अस्पष्टताको कारणले थिए । त्यसलाई उहाँले ७० प्रतिशत महान् माक्र्सवादी–लेनिनवादी र ३० प्रतिशत केही कमजोरी रहेको बताउनुभयो । सोभियत सत्ता बचाउन, त्यसको विकास गर्न र विश्वका मानव जातिको मुक्तिका लागि जति लेनिनको देन रहेको छ त्यहीबराबर स्टालिनको देन रहेको छ ।
वित्तीय पुँजीवादको अन्तर्राष्ट्रिय नीति जसले त्यति बेला विश्वासलाई अधीनस्थ गरिसकेको थियो । त्यसको अनिवार्य परिणाम अर्को विश्वयुद्ध निम्त्याउनु हुन्थ्यो । त्यसले गर्ने भनेको केही मुट्ठीभर कथित विकसित देशहरूले चरम रूपमा जातीय उत्पीडन, लुटखसोट, दादागिरी, साना र पिछडिएका उत्पीडित देश र जातिहरूमाथि चरम दमन र शोषण गर्ने हुन्थ्यो । यसप्रकारको साम्राज्यवादी युद्ध हुँदा एक देशको पुँजीवादी लुटेराको हितमा त्यो देशको सर्वहारा जनताले अर्को देशको पुँजीवादी लुटेराको हितमा त्यो देशका सर्वहारा जनताका विरुद्ध युद्ध लड्ने र ज्यान फाल्ने साम्राज्यवादी युद्धका विरुद्ध आफ्नै देशको पुँजीवादविरुद्ध हतियार उठाउन ‘साम्राज्यवादी युद्धलाई गृहयुद्धमा परिणत गरौँ’ भन्ने नारामा आह्वान गर्नुभयो । जब साम्राज्यवादी युद्ध सुरु भयो साम्राज्यवादका एजेन्टहरू, उसका चाकर नोकरहरूले समाजवादी क्रान्तिकारी तथा समाजवादी जनवादका नाममा साम्राज्यवादी नारा समात्न पुगे । अक्टोबर क्रान्तिको सफलताले लेनिनको साम्राज्यवादी युद्धका विरुद्ध साम्राज्यवादी युद्धलाई गृहयुद्धमा बदल्ने नीति सही साबित भयो र पितृभूमिको रक्षा गर्ने अन्धराष्ट्रवादीहरू साम्राज्यवादका चाकर र एजेन्ट साबित भए । लेनिनले भन्नुभयो, ‘संसारभरका साम्राज्यवादका कठपुतली र नोकरहरू, समाजवादी क्रान्तिकारीहरू र मेन्सेबिकहरू, निम्न पुँजीवादी कथित समाजवादीहरू, जनवादीहरूले ‘साम्राज्यवादी युद्धलाई गृहयुद्धमा बदलौँ’ भन्ने हाम्रो नारालाई पथभ्रमित गरे । तर त्यो नारा सत्य साबित भयो— यो नै एक मात्र सत्य थियो, यो अप्ठेरो, कोरा, नाङ्गो थियो, तर यो नै सत्य थियो …।’ (लेनिन, उही) ।
क्रान्ति सम्पन्न भैसकेपछि रुसका बुर्जुवाहरू, क्रिस्चियन पादरीहरू, संसारभरका साम्राज्यवादी चाकरहरू, तेस्रो अन्तर्राष्ट्रियमा भएका तमाम निम्नपुँजीवादीहरूले क्रान्तिका विरुद्ध आक्रोश पोखे । वास्तवमा सयौँ र हजारौँ वर्षपहिले दासहरूले दास मालिकका विरुद्ध लगाएको नारा ‘सबै देशका दासको लुटका लागि हुने सबै देशका दास मालिकहरूको युद्धलाई सबै देशका दास मालिकहरूका बीचमा रूपान्तरित गर’ लाई रुसमा प्रयोग गरियो । सयौँ र हजारौँ वर्षदेखि अलपत्र, असहाय, अस्पष्ट र राजनीतिक कार्यक्रमविहीन परेको त्यो नाराले सर्वहारा वर्गको प्रभावकारी नेतृत्वमा लाखौँ र करोडौँ जनताको सङ्घर्षका लागि एउटा प्रभावकारी सङ्घर्षको साधनको काम ग¥यो । यो नारा सर्वहारा वर्गलाई विजयी बनाउने नारामा विकसित भयो । यो नारा संसारभरिका करोडौँ मजदुर, किसान र श्रमजीवीहरूलाई संसारभरिका लुटेरा पुँजीवादीहरूका विरुद्ध एकताबद्ध गर्ने र युद्धको अन्त्य गर्ने नाराका रूपमा विकास भयो । लेनिनले भन्नुभयो, ‘यो विजय अझै पनि सम्पूर्ण विजय होइन, यो अक्टोबर क्रान्तिले प्राप्त गरेको उपलब्धि ठूलो तक्लिफ र कठिनाइको मूल्यमा प्राप्त भएको हो । यो अभूतपूर्व असहजताबाट प्राप्त भएको हो जो हाम्रा गम्भीर प्रकारका फेरबदल र गल्तीहरूको फेहरिस्तबाट प्राप्त भएको हो’ (लेनिन, उही) । लेनिनले भन्नुभयो, ‘हामी गल्ती गर्न डराउँदैनौँ । हामी त्यसलाई धैर्यपूर्वक जाँचपड्ताल गर्छौं ता कि त्यसलाई सच्याउन सकियोस् ।’
लेनिनले अक्टोबर क्रान्तिको माध्यमबाट सर्वहारा क्रान्तिको ढोका खोल्नुभयो जसले विश्वमा शक्तिशाली स्थान बनायो । पूर्वी युरोपका देशहरू धमाधम समाजवादी सत्तामा बदलिए । चीनमा क्रान्ति सम्पन्न भयो । क्युबा र जनगणतन्त्र कोरियामा साम्राज्यवादका चाकरहरू परास्त भए र जनवादी सत्ताहरू स्थापना भए । एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूमा व्यापक रूपमा समाजवादको प्रचार भयो, कम्युनिस्ट पार्टीहरू गठन हुँदै गए र सर्वहारा जनवादका लागि सङ्घर्षहरू विकास हुँदै गए ।
महान् अक्टोबर क्रान्ति सम्पन्न भएपछि ट्राट्स्कीले भनेका थिए, ‘हामी आफैँले अक्टोबर क्रान्तिका अनुभवहरूलाई सायद पुनरावृत्त गर्नुपर्ने छैन, तर यसको तात्पर्य यो कदापि होइन, अक्टोबर क्रान्तिबाट हामीले सिक्न नपरोस् ।’ रुसमा भएको समाजवादी क्रान्तिले केबल रुसको सामाजिक रूपान्तरण गरेन, त्यसले आर्थिक उन्नति र प्रगतिको नयाँ ढोका खोल्यो जुन समाजको अत्यन्त महŒवपूर्ण तर अप्ठेरो काम थियो । यो काम भनेको सामन्तवादी उत्पादन सम्बन्धमा आधारित उत्पादन पद्धतिका अवशेषहरूको अन्त्य गर्नु थियो, पुँजीवादी उत्पादन पद्धतिको महल समूल नष्ट गर्नु थियो र त्यसको ठाउँ समाजवादी अर्थ व्यवस्थाको इमारत खडा गर्नु थियो । निःसन्देह यसप्रकारका कामहरू पनि कुनै कमजोरी, कुनै अस्पष्टता, कुनै जटिलताबिना अगाडि बढ्न सक्दैनथे । तर समाजवादको लक्ष्य, उद्देश्य र सङ्घर्षले रुसी समाजलाई निरन्तर त्यो बाटोमा डो¥यायो जसले अर्थतन्त्रलाई कमजोरीहरूबाट पाठ सिक्दै जनताका पक्षमा, समाजवादी अर्थव्यवस्थाका पक्षमा निरन्तर विकास गर्न सकियोस् । लेनिनले भन्नुभयो, ‘यति बेला हामीले पुरानो आर्थिक नीतिहरूमा देखिएका कमजोरीहरू सच्याउँदै नयाँ आर्थिक नीति तय गरेका छौँ; हामीले किसान भएका साना देशहरूमा समाजवादी अर्थतन्त्रको महल कसरी निर्माण गर्न सकिन्छ, त्यो सिक्दै गइरहेका छौँ ।’
समाजवादी क्रान्ति सम्पन्न गर्नु आफैँमा अति कठिन काम थियो । तर बोल्सेबिकहरू कठिनभन्दा कठिन कामका लागि तयार थिए । त्यसकारण पनि रुसमा समाजवादका वैरीहरूले लेनिन र बोल्सेबिकलाई ‘पाषाणगुणी’ र ‘कडा नीति’ भएको भन्ने गर्थे । तर लेनिनले भन्नुभयो, ‘वैरीहरूको आलोचनाबाट हामीले पनि केही हदसम्म क्रान्तिका निम्ति आवश्यक पर्ने अर्को कला पनि सिक्यो जसलाई लचकता भन्न सकिन्छ । वस्तुगत आवश्यकताले माग गरेको छ भने हाम्रा कार्यनीतिहरूलाई तत्काल र अकस्मात् परिवर्तन गर्न सकिन्छ र हाम्रो लक्ष्य साध्नका लागि पहिलेको बाटो धिमा तथा अनुपयोगी हुने हो र नयाँ बाटो उपयोगी हुन्छ भने अर्को बाटो रोज्न पनि सकिन्छ ।’ (लेनिन, उही) ।
लेनिनले समाजवादी सत्तामा आफ्नै जीवनमा देखिएका राजनीतिक तथा आर्थिक नीतिहरूलाई निर्ममताका साथ समीक्षा गर्नुभयो । क्रान्तिकारी उभार र लहरको उत्साहको बीचमा पैदा भएको राजनीतिक र जनताको सैनिक उत्साहमा लेनिनले के सोच्नुभएको थियो भने जसरी राजनीतिक र सैनिक कार्य क्रान्तिको उत्साहमा सम्पन्न हुँदै गए त्यही तरिकाले आर्थिक कामहरू पनि सम्पन्न गर्न सकिनेछ । बोल्सेभिकको सोचाइ थियो, सर्वहारा सत्ताको आदेशमा कृषिमा आधारित रहेका राज्यहरूले समाजवादी उत्पादन र वितरणलाई सहज तरिकाले कार्यान्वयन गर्नेछन् । तर सर्वहारा सत्ता स्थापना गरिसकेपछि व्यवहारमा जाँदा त्यो नीति लागू हुन सकेन । यो अवस्थाबाट पाठ सिक्दै समाजवादी सत्ताबाट साम्यवादमा जानका लागि कयौँ चरणका आर्थिक नीतिहरू पार गर्नु आवश्यक हुनेछ । यसप्रकारका आर्थिक नीतिहरूमा मूलतः राजकीय अर्थतन्त्र र समाजवादी अर्थतन्त्रको बाटो भएर समाजवादी अर्थ व्यवस्थाको विकास हुनेछ र त्यो कयौँ वर्षको विकास प्रक्रिया हुँदै साम्यवादमा पुग्नेछ ।
लेनिनको भनाइ ‘ती महान् दिनहरू हामीबाट जति टाढा हुँदै जान्छन्, त्यति नै स्पष्ट रूपले हामी रुसमा सर्वहारा क्रान्तिको महŒव देख्छौँ र त्यत्ति नै गहिराइका साथ हाम्रा समग्र कामको व्यावहारिक प्रतिबिम्बन हुन्छ’ लाई यहाँ पुनः उद्धृत गर्न आवश्यक छ, महान् अक्टोबर क्रान्ति र समाजवादी सत्ताका ती दिनहरू एक शताब्दीमा पर पुग्दा महान् अक्टोबर क्रान्तिको महŒव, नेतृत्वको प्रश्न, कार्यदिशा र कार्यनीतिबीचको अन्तरसम्बन्ध अत्यन्त महŒवका साथ देखा पर्छ र त्यसको समग्र व्यवहार त्यत्तिकै गहिराइका साथ व्यावहारिक रूपमा प्रतिबिम्बित हुन्छ । रुसी क्रान्ति सम्पन्न भएपछिको विगत एक शताब्दीमा विश्वको कम्युनिस्ट आन्दोलन अनेक उतारचढाव, अनेक प्रवृत्ति र अनेक प्रकृतिसहित अगाडि बढेको छ । विगत एक शताब्दीमा सर्वहारा वर्गले ठूलाठूला विजय हासिल ग¥यो । कुनै समय कस्तो बन्यो भने विश्वको एक तिहाइ भूभाग र जनताले समाजवादी सत्ताको अभ्यास ग¥यो । त्यही सर्वहारा वर्ग कुनै समयमा सत्ताविहीन हुने अवस्थामा आयो ।
महान् अक्टोबर क्रान्ति केबल वर्गसङ्घर्षको योग मात्र थिएन । यो भीषण प्रकारको अन्तरसङ्घर्ष, दुई लाइन सङ्घर्ष र भीषण प्रकारको वैचारिक सङ्घर्षको योग थियो । अक्टोबर क्रान्ति सम्पन्न गर्न लेनिनले समकालीन दार्शनिकहरू प्लेखानोभ, बाग्दोनोभ, बजारोभ, लुनाचास्र्कीहरूका त्रुटिपूर्ण विचारहरूको खण्डन गर्नुप¥यो । सुरुमै माक्र्सवादलाई ठीक किसिमले स्थापित गर्नुभयो । माक्र्सवादका तीन सङ्घटक अङ्गका रूपमा द्वन्द्वात्मक भौतिकवादी दर्शन, सामाजवादी राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको शृङ्खलामा व्यवस्थित विश्लेषण गर्नुभयो ।
रुसमा ब्लाङ्कीवादको ठूलो प्रभाव थियो । लेनिनले ब्लाङ्कीका गलत विचारहरूलाई वैज्ञानिक विश्लेषण र तथ्यका आधारमा खण्डन गर्नुभयो । रुसमा धैरै खराबमध्ये र व्यापक रूपमा भ्रमित गरिएको विषय भनेको विद्रोहका विषयमा थियो जसले माक्र्सवादका विरुद्ध भ्रम उत्पन्न गथ्र्यो र ब्लाङ्कीवादको वकालत गथ्र्यो । बर्नस्टिनको संशोधनवाद र ब्लाङ्कीको अवसरवाद उस्तैउस्तै देखापथ्र्यो । विद्रोहलाई कलाका रूपमा लिएका कारण माक्र्सवादीलाई ब्लाङ्कीवादीका रूपमा हेरिन्थ्यो । लेनिनले भन्नुभयो– सत्यको तोडमोड गरेको कुनै त्यस्तो तथ्य हुनसक्छ, कुनै पनि माक्र्सवादीले यो त छ जसलाई कुनै पनि अवस्थामा इन्कार गर्न सक्दैन । विद्रोहलाई इङ्गित गर्दै उहाँ आफैँले भन्नुभएको थियो, विद्रोह भनेको कला हो । यसलाई कलाका रूपमा लिनुपर्छ । जहाँ मजदुरले पहिलो सफलताका रूपमा जित्नुपर्छ र एकपछि अर्को गरी जित्दै अगाडि बढ्नुपर्छ । लेनिनले भन्नुभयो, ‘सफल हुनका लागि विद्रोह कुनै षड्यन्त्रमा आधारित हुनु हुँदैन, न त कुनै पार्टीमा आधारित हुनुर्छ तर यो अग्रगामी वर्गमा भर पर्नुपर्छ । यो पहिलो नम्बर हो । विद्रोह जनताको क्रान्तिकारी उभार र विद्रोहमा आधारित रहेको हुनुपर्छ । यो दोस्रो नम्बर हो । विद्रोह इतिहासमा क्रान्तिकारी उभारको त्यो बिन्दुमा भर पर्नुपर्छ जति बेला अग्रगामी वर्गको दृढताको स्तर माथि पुगेको हुन्छ र दुस्मन वर्गमा विचलनको स्तर कमजोर बिन्दुमा पुगेको हुन्छ, शिथिल हुन्छ तर क्रान्तिकारीहरू शक्तिशाली भएका हुन्छन् । यो तेस्रो नम्बर हो । यी तीन कुराले माक्र्सवादी र ब्लाङ्कीवादीबीचको भेद दर्साउँछ । जे होस्, जति बेला यी अवस्थाहरू पैदा हुन्छन्, यति बेला विद्रोहका रूपमा कलाको प्रयोग नगर्नु भनेको माक्र्सवादविरुद्ध विश्वासघात गर्नु हो ।’
क्रान्ति मानिसको चाहना हो । तर क्रान्तिको प्रकृति र त्यसको गतिलाई ठीक किसिमले समात्न सकिएन भने क्रान्ति हुन सम्भव हुँदैन । रुसमा १९०५ मा क्रान्तिको सम्भावना थियो । बोल्सेभिक पार्टीले त्यो सम्भावना समात्यो । तर क्रान्ति सम्भव भएन । रुसमा १८५९ देखि ६१ सम्म र १८८९ देखि ८० सम्म क्रान्तिकारी सम्भावना थियो, यद्यपि त्यहाँ क्रान्ति भएन । तर त्यहाँ किन क्रान्ति सम्पन्न भएन ? लेनिनले प्रस्ट गर्नुभयो, ‘यसकारले कि सबै क्रान्तिकारी परिस्थितिले क्रान्तिको विकास गर्दैन । क्रान्ति केवल त्यस्तो वस्तुगत परिवर्तन भएको अवस्थामा हुन्छ जति बेला सशक्त आत्मगत अवस्थाले साथ दिएको हुन्छ जसमा क्रान्तिकारी वर्गको क्षमता पुरानो सरकारलाई भत्काउने गरी बलियो जनकारबाही गर्न सक्ने हुन्छ जुन कहिल्यै पनि र कतिसम्म भने सङ्कट आइपर्दा पनि, सत्ताबाट नहटाइँदासम्म, पतन नहुने अवस्थामा हुन्छ ।’ ब्लाङ्कीवादीहरूले विद्रोहलाई एकाङ्गी प्रकारले बुझ्ने प्रवृत्तिको लेनिनले व्यापक जाँचपडताल गुर्नभयो र त्यसको ठाउँमा द्वन्द्वात्मक भौतिकवादी मान्यता स्थापना गर्नुभयो ।
दर्शनका क्षेत्रमा समकालीन भौतिवादी तथा द्वन्द्ववादी दार्शनिकहरू प्लेखानोभ, बजारोभ, बाग्दोनोभ, लुनाचास्र्कीहरूसँग लेनिनको भीषण लडाइँ चल्यो । यी दर्शनिकहरूले भौतिकवादलाई भँडुवावादी वितर्कद्वारा पुनः आदर्शवादमा, यन्त्रवादमा, जडसूत्रवादमा लैजाने प्रयत्न गरे । तर लेनिनले द्वन्द्वात्मक भौतिकवादलाई नयाँ उचाइमा उठाउनुभयो । लेनिनको तर्क थियो, द्वन्द्वात्मक भौतिकवादीहरू केवल द्वन्द्वात्मक भौतिकवादी भएर पुग्दैन, उनीहरूको बुझाइ द्वन्द्वात्मक भौतिकवादी हुनुपर्छ । समकालीन दार्शनिकहरूसँग बहस गर्दै एङ्गेल्सले अगाडिका दार्शनिकहरूबारे गरेको टिप्पणीलाई संश्लेषण गर्नुभयो, ‘अठारौँ शताब्दीमा फ्रान्सेली दार्शनिकहरूका तीन प्रकारका आधारभूत कमजोरीहरू रहे जसबाट माक्र्स–एङ्गेल्स मुक्त हुनुभयो तर बुच्नेर र कम्पनी त्यो बाट मुक्त हुन सकेनन् । पहिलो कमजोरी पुराना भौतिकवादीहरूमा के थियो भने उनीहरूका विचारमा मेकानिकल (अथवा यन्त्रवाद) थियो, त्यो के कारणले भने उनीहरूले सम्पूर्ण चीजलाई यन्त्रहरूदेखि रसायन र जीव प्रकृतिको चक्रको तहमा मात्र विश्वास गरे । दोस्रो कमजोरी पुराना भौतिकवादीहरूमा देखिने अधिभूतवादी चरित्र हो । त्यसको तात्पर्य दर्शनमा द्वन्द्ववादविरोधी चरित्र मिसाउनु हो । तेस्रो, कमजोरी भनेको आदर्शवादको प्रतिनिधित्व गर्नु थियो । त्यसमा सामाजिक विज्ञानको क्षेत्रमा ऐतिहासिक भौतिकवादको बुझाइ पाइँदैन ।’ एङ्गेल्सले मानिसको ज्ञान, सिद्धान्त र सत्यलाई कुनै निरपेक्ष अपरिवर्तनशील जडमा नभई सापेक्षतामा बुझ्नुपर्ने बताउनुभयो । यसको प्रभाव समाज विज्ञानमा समाजलाई गतिमा हेर्ने, बुझ्ने र परिवर्तनका लागि व्यवहार गर्ने प्रश्न लागू हुन्छ । लेनिनका समकालीन दार्शनिकहरूमा पनि त्यसप्रकारको समस्या देखाप¥यो उनीहरूले ज्ञान, सिद्धान्त ज्ञानको सार्वभौमिकता र सत्यजस्ता प्रश्नहरूमा एङ्गेल्सको आलोचना गरे । मानव ज्ञानको सार्वभौमिकता, सिद्धान्त र सत्यका विषयमा एङ्गेल्सले भन्नुभयो, ‘मानव विचार त्यत्तिकै सार्वमौम हुनसक्छ जति यो असार्वभौम हुन्छ र उसको क्षमतामा ज्ञान त्यत्तिकै असीमित हुन्छ जति सीमित हुन्छ ।’ एङ्गेल्सले अगाडि भन्नुभयो,
‘जब हामी सत्य र गलतबीच विवाद सामान्य विषयभन्दा माथि लागू गर्छौं । यो सापेक्षित र अहिलेका विज्ञानको व्याख्या गर्ने विधिले काम नगर्ने अवस्थामा पुग्छ; तर जब यसलाई त्यो क्षेत्रभन्दा बिल्कुल विधिसङ्गत स्थानमा लागू गर्छौं त्यो तब हामी एक दिन आमनेसामने पर्छौं, विवादका दुवै ध्रुवहरू एकअर्काका विरोधी हुनपुग्छन्, सत्य गलत बन्छ र गलत सत्य ।’ त्यसकारण ‘यहाँ ज्ञान निश्चित रूपले सापेक्षित हुन्छ किनभने यो निश्चित समाजको परिस्थिति खास युग र परिणामको अन्तरसम्बन्धमा अनुसन्धानको सीमा हुन्छ ।’
दोस्रो अन्तर्राष्ट्रियका नेताहरूको सैद्धान्तिक एवम् वैचारिक अस्पष्टताको कारण परिस्थितिको ठीक विश्लेषण हुन सकेन । दोस्रो अन्तर्राष्ट्रियका नेताहरूमा राष्ट्रवाद थियो । उनीहरूमा आदर्शवाद थियो । उनीहरू अधिभूतवादी थिए जसको कारण उनीहरू सम्राज्यवादका गोटी बन्न पुगेका थिए । लेनिनले भन्नुभयो, ‘वर्गसचेत श्रमजीवीहरूका लागि समाजवाद भनेको दृढ प्रतिबद्धता हो, त्यो निम्न पुँजीवादी षड्यन्त्रकारी र राष्ट्रवादी प्रतिपक्षको बचाउ गर्ने पातलो पर्दा हुनु हुँदैन ।’ पार्टीलाई निर्जीव वस्तुका रूपमा व्यवहार गर्ने, आदर्शका रूपमा प्रयोग गर्ने तर व्यवहारमा लागू गर्न नसक्ने दोस्रो अन्तर्राष्ट्रिय कालका नेताहरू काउत्स्की, ह्यन्डमेनलगायतमा सामाजिक जनवादीहरूको वैचारिक दिवालियाका विरुद्ध लेनिनले भीषण आक्रमण मात्र गर्नुभएन, उहाँले माक्र्सवादको विश्लेषण वैज्ञानिक तरिकाले गर्नुभयो र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नुभयो । समाजवादी आन्दोलनका ह्यान्समेन भर्खरै मात्र साम्राज्यवादको समर्थकमा परिणत भएका थिए, तर विस्तारै दोस्रो अन्तर्राष्ट्रियका सामाजिक जनवादी नेताहरू ह्यन्डमेनको साम्राज्यवादपरस्त कार्यदिशामा पतन भएका थिए । हिजोसम्म क्रान्तिको कुरा गर्ने र अहिले साम्राज्यवादका पक्षमा उभ्याउनु उनीहरूको घोर अवसरवाद थियो । साम्राज्यवादी युद्धको सम्भावनाको आँकलन र त्यसका विरुद्ध सङ्घर्ष गर्ने नीतिका बारे लेनिनले राखेको प्रस्तावमा उनीहरूले बहस गरेका थिए । तर जब युद्धको स्थिति उत्पन्न भयो उनीहरूले अवसरवाद देखाए र आफ्नो नीतिहरू बदले । लेनिनले भन्नुभयो, ‘समाजवादी पार्टीहरू भनेका बहस गर्ने समूह (डिबेटिङ क्लब) होइनन्, यी सङ्घर्षशील सर्वहारा वर्गका सङ्गठनहरू हुन् । जब दुस्मनका विरुद्ध बटालियन खनिन्छ, त्यति बेला उनीहरूलाई आतङ्कवादीको नाम दिइन सकिन्छ र छाप लगाइनसक्छ… ।’
साम्राज्यवादको प्रकृतिको पूर्ण रूपले अध्ययन गर्ने, त्यसको प्रकृतिको विस्तारपूर्वक त्यसको अवयवको बेलीविस्तार गर्ने कुराले मात्र क्रान्ति हुन सक्छ भन्ने मान्यता त्यति बेलाका कम्युनिस्ट नेताहरूको थियो । त्यो प्रवृत्तिका विरुद्ध लेनिनले कटाक्ष गर्नुभयो र भन्नुभयो, ‘साम्राज्यवाद र त्यसको ऐतिहासिक विकास प्रक्रिया, यसको लुटपाट गर्ने नीतिका बारेमा कहिल्यै पनि पूर्ण र समग्र रूपले अध्ययन गर्नु सम्भव छैन तर विज्ञहरूले साम्राज्यवादका विरुद्धको बहसलाई चलाइरहनेछन् । साम्राज्यवादका विरुद्ध समाजवादी सङ्घर्षलाई तिलाञ्जली दिनु, समाजवादका विरुद्ध सङ्घर्ष रोक्नु र कुनै पनि धरातलमा सङ्घर्षका विरुद्ध धोखाधडी गर्नुजस्तो मूर्खता केही हुँदैन ।’
बास्ले घोेषणापत्रले क्रान्तिको चाहना गरेको थियो तर समयले त्यसलाई उल्ट्यायो । बास्ले घोषणापत्रले प्रथम, युद्धले आर्थिक र राजनीतिक सङ्कट निम्त्याउँछ, दोस्रो, मजदुंकटबाट श्रमिक वर्गलाई युद्धमा भाग लिने कुरालाई अपराधको रूपमा लिइनेछ, तेस्रो, समाजवादीको कर्तव्य के हुनेछ भने त्यो सङ्कटबाट श्रमिक वर्गले फाइदा उठाउनु पर्नेछ, चौथो, सबै सरकारहरूले युद्धको सुरुआत त्यतिबेला गर्नेछन् जब उनीहरूको सत्ता पतनतिर जानेछ, पाँचौँ, सबै सरकारहरू सर्वहारा क्रान्तिबाट आतङ्कित हुनेछन, छैटौँ, ती सरकारहरूले निश्चित रूपमा पेरीस कम्युन, गृहयुद्ध, रुसको १९०५ को क्रान्ति सम्झनेछन् । उनीहरूले कुन कुराको ग्यारेन्टी गर्न प्रयत्न गर्नेछन् भने सर्वहारा क्रान्ति सम्पन्न नहोस् । यी सबै कुराहरू बास्ले सम्मेलनको घोषणापत्रमा प्रतिबद्ध गरिएको थियो र बहस गरी पारित गरिएको थियो । तर दोस्रो अन्तर्राष्ट्रियका नेताहरूले आफ्ना बहस र प्रतिबद्धतालाई तिलाञ्जली दिएका थिए र क्रान्तिबाट पिठ फर्काएका थिए । महान् अक्टोबर क्रान्तिको प्रक्रियामा यी अनुभवहरू अहिलेको सर्वहारा वर्गलाई प्राप्त भएको छ ।
लेनिनले दोस्रो अन्तर्राष्ट्रिय र समकक्षी नेताहरूको त्यही तरिकाले आलोचना गर्नुभयो जसरी समकालीन भौतिकवादको पक्षधरता देखाएर गैरभौतिकवाद तथा गैरद्वन्द्ववादको वकालत गर्ने समकालीन दार्शनिकहरूमा देखिएको प्रवृत्तिलाई माक्र्स एङ्गेल्सले सधैँ खराब (मूलतः द्वन्द्ववादविरोधी) भौतिकवादको आलोचना गर्नुभयो तर उहाँहरूले त्यो आलोचना अत्यन्त उचाइबाट, अग्रस्थानबाट गैरद्वन्द्वात्मक भौतिकवादवको अलोचना गर्नुभयो न कि ह्युमिज्म वा बेरक्लेनिजमको स्थानबाट ।’
दोस्रो अन्तर्राष्ट्रिय मूलतः त्यस समयका युरोपियन वैधानिक सामाजिक जनवादी पार्टीका नेताहरूको विश्वासघात, साम्राज्यवादीहरूप्रतिको आत्मसमर्पण र उनीहरूको गोटी बन्ने प्रवृत्तिका कारण विघटन हुनपुग्यो । यद्यपि दोस्रो अन्तर्राष्ट्रियको विघटन भयो तथापि सामाजिक जनवादी पार्टीका नेताहरूले गरेको आत्मसमर्पणबाट क्रान्तिको आवश्यकताको अन्त्य गर्न सकेन । लेनिनको नेतृत्वमा सही कार्यदिशा र सही प्रकारको नेतृत्व प्राप्त गरेको रुसमा क्रान्ति सम्पन्न भयो ।
सामाजिक जनवादी पार्टीहरूको गलत नीतिका कारण युरोपियन पार्टीहरूमा फुट र विभाजन पैदा भए । यसप्रकारको विभाजन यो इतिहासकै एउटा प्रवृत्तिका रूपमा देखियो जुन प्रवृत्ति पश्चिम युरोपका उपभोक्तावादी बुर्जुवा र राष्ट्रवादी क्रान्तिकारीहरू समाजवादी क्रान्तिकारीमा रूपान्तरित हुने प्रक्रियामा कयौँ प्रकारका अवसरवादको जन्म भएको थियो । यसप्रकारको अवसरवादले छाडेको प्रभावको कारण मजदुर वर्ग र समाजवादी आन्दोलनमा कयौँ फुटहरू पैदा भए । यसप्रकारको अवसरवादबाट ग्रस्त देशहरूमा बेलायत, इटली, हल्यान्ड, बुल्गेरिया र रुससमेत थिए । त्यही प्रकारको प्रवृत्ति जर्मनी, फ्रान्स, बेल्जियम, स्विडेन र स्विजरल्यान्डमा पनि देखिन्थ्यो ।
अन्तर्राष्ट्रिय सर्वहारा आन्दोलनका विषयमा लेनिन र माओले जसरी निर्मम तरिकाले सोच्नुभयो र वैज्ञानिक विधिका आधारमा ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्नुभयो, त्यसप्रकारको निर्ममता र प्रतिबद्धताका साथ समाजवादी क्रान्तिको दिशामा कम्युनिस्टहरूले विकास गर्नुपर्नेछ ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा रुसपछिका क्रान्तिहरू चीन, कोरिया, क्युबापछि माक्र्सवादको प्रयोगलाई कम्युनिस्टहरूले जडसूत्रीय संशोधनवादका रूपमा प्रयोग गरेको पाइन्छ । माक्र्सवादका आधारभूत शिक्षाहरूले निश्चित समयसम्म लैजाने र पछि माक्र्सवादमा विकास गर्न नसक्दा सुधारवादमा फस्ने गरेको छ । लेनिन र माओका ‘सिद्धान्तमा दृढता र व्यवहारमा लचकता’ को प्रयोगलाई ठीक किसिमले समात्ने र प्रयोेग गर्ने विधिको विकास गर्न नसक्दा कम्युनिस्टहरू सिद्धान्तका नाममा एकाङ्गी, सङ्कीर्ण र जडसूत्रीय बन्ने र व्यवहारका नाममा सुधारवादी संशोधनवादी बन्ने रहँदै आएको छ । लेनिनले जसरी सुधारका कामलाई क्रान्तिकारी कामको सहउत्पादन भन्नुभयो र त्यहीअनुसार व्यवहार गर्नुभयो, त्यसमा सिद्धान्त र व्यवहार, दृढता र लचकता, वस्तुगत आवश्यकता र आत्मगत परिस्थिति, समय र आवश्यकताको उचित संयोजन देखिन्छ । रुसी अक्टोबर क्रान्तिको एक शताब्दीमा विश्वका तमाम देशहरूमा कम्युनिस्ट आन्दोलनले गति लिए, परन्तु यसप्रकारको संयोजन मिल्न नसक्नुले निश्चित अवस्थासम्म विकास भए पनि असफलतामा टुङ्गिन पुगेका छन् । समाजवादी क्रान्ति भनेको सर्वहारा विचार र दर्शनबाट निर्देशित राजनीति, अर्थनीति, सैन्य नीतिको योग हो । क्रान्ति आफैँमा शतप्रतिशत मान्ने हो भने राजनीति, अर्थनीति र सैन्य नीतिको निश्चित मात्रामा संयोजन रहेको हुन्छ । देशभित्रको पुँजीवाद र अन्तर्राष्ट्रिय क्षेत्रमा त्यसको सम्बन्धसहितको प्रतिक्रियावादी सत्ताका विरुद्धको सङ्घर्षमा राजनीति, अर्थनीति र सैन्य नीतिको उचित संयोजन हुन नसक्दा क्रान्तिकारी आन्दोलनहरू असफल हुने गरेका छन् । ठूलाठूला सङ्घर्षहरूबाट ठूलाठूला धक्का खान पुगेका चिली, इन्डोनेसिया, फिलिपिन्स, टर्की, भारत, पेरू, नेपाललगायत देशहरूमा यही समस्या देखापर्छ । यसप्रकारको संयोजनको क्षमतामा विकास गर्न नसक्दा कम्युनिस्ट नेतृत्वले कि त कम्युनिस्ट आन्दोलनभित्र साम्राज्यवादीहरूले पारेको फुट र विभाजनलाई रोक्न नसक्ने वा नेतृत्व नै त्यसप्रकारको विभाजनको सिकार हुने अवस्था रहँदै आएको छ । नेपालका सबै आन्दोलनहरू मूलतः नेपाली काङ्गे्रस, मालेले चलाएका आन्दोलनहरू दमन गर्न र माओवादीले चलाएको जनयुद्धलाई असफल पार्न साम्राज्यवादी तथा विस्तारवादीहरूको भूमिका रहेको हो । त्यसप्रकारको भूमिकालाई निस्तेज बनाउन नसक्नु, त्यसबाट अलग रहन नसक्नुमा मूलभूत रूपमा समय र परिवेशअनुसार राजनीति, अर्थनीति र सैन्य नीतिको उचित संयोजन गर्न नसक्नुको परिणाम थियो ।
रुसमा ख्रुस्चेभको आगमन र चीनमा माओको निधनपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एक प्रकारको अन्धराष्ट्रवाद देखाप¥यो । यसको बीजरोपण कम्युनिस्ट इन्टरनेसनलले दोस्रो विश्वयुद्धमा साम्राज्यवादका विरुद्ध गरिने सङ्घर्षको समयमा तय गरेको नीतिमा अन्तरनिहित रहेको पाइन्छ । समाजवादी सत्ताको रक्षाका निम्ति साम्राज्यवादी लुटेराहरूको आग्रहमा क्रान्तिकारी आन्दोलन रोक्न सहमति हुनु र त्यसको परिणाम पश्चिम युरोपलगायत एसियाका कतिपय देशहरूमा चलेका आन्दोलनहरू रोकिनुले कम्युनिस्ट आन्दोलनमा अन्ध राष्ट्रवादको बीजरोपण हुन पुग्यो । कम्युनिस्ट आन्दोलन चलेका देशहरूमा आन्दोलन रोक्न कोमिन्टर्नले गरेको आग्रह सारमा लेनिनले अगाडि सारेको ‘साम्राज्यवादी युद्धलाई गृहयुद्धमा बदल’ भन्ने नाराको विपरीत थियो । कोमिन्टर्नको आग्रहलाई माओले इन्कार गर्नुभयो जसको कारण चिनियाँ कम्युनिस्ट पार्टी मातृभूमि चीनको रक्षाका लागि युद्ध रोकेर जापानी साम्राज्यवादका विरुद्धको साम्राज्यवादी युद्धमा कोमिन्ताङसँग विलय भएन, बरु चीनको बचाउका लागि जापानी साम्राज्यवादका विरुद्धको सङ्घर्षमा कोमिन्ताङलाई उपयोग गर्दै गृहयुद्धको विकास ग¥यो । चीनको गृहयुद्धले क्रान्तिको जन्म दियो तर युरोप र एसियाका ग्रिस र भारतमा चलेका ठूलाठूला युद्धहरूले ठूलो धक्का खान पुगे । कोमिन्टर्नको विघटनपछि चीनको समाजवादी सत्ताले कम्युनिस्ट अन्तर्राष्ट्रिय गठन गर्ने पहल गरेन र साम्राज्यवादीहरूको घेराबन्दी तोड्न ‘असंलग्न परराष्ट्र नीति’ तथा ‘कम्युनिस्टहरूले स्वतन्त्र रूपमा’ आफ्नो देशको क्रान्ति आफैँ सोच्ने नीति तर्जुमा गरेपछि विश्व कम्युनिस्ट आन्दोलनमा त्यसको प्रभाव भिन्न रूपमा देखाप¥यो । ‘संसारका मजदुर एक होऔँ !’ तथा ‘संसारका मजदुर र उत्पीडित जनता एक होऔँ !’ भन्ने नारालाई रुखो, निरस र जीवनहीन बनायो । त्यसले कम्युनिस्ट आन्दोलनमा व्यापक (अथवा आवश्यकताभन्दा बढी) विभाजनको मनोविज्ञान र संस्कृति पैदा ग¥यो । यसले कम्युनिस्टहरूमा कुनै न कुनै प्रकारको राष्ट्रवाद, एकाङ्गी, आफ्नो नीति मात्र सही देख्ने र अरूको नीति सहन गर्न नसक्ने अवस्थामा पु¥यायो ।
कम्युनिस्ट आन्दोलन अन्धराष्ट्रवादमा फस्नुको कारण साम्राज्यवादका विरुद्धको सङ्घर्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता समाप्त भयो । यो प्रक्रियाले अन्ततः कम्युनिस्ट आन्दोलनमा फुट र विभाजन, साम्राज्यवाद र विस्तारवादप्रति आत्मसमर्पण, जनताप्रति अविश्वास, क्रान्तिप्रति निराशा, परिवर्तनको सङ्घर्षबाट पलायन हुने स्थिति पैदा भयो जसको परिणाम कम्युनिस्टहरूले कि त साम्राज्यवादलाई अजङ्गको बाघ देख्ने वा केवल कागजी बाघ मात्र देख्ने एकाङ्गीपना देखापर्दै गयो ।
अहिलेको विश्वमा समाजवादी क्रान्ति सम्पन्न गर्न माक्र्सवाद–लेनिनवाद–माओवादमा विकास गर्न आवश्यक छ । विकासको नियमले के कुरा पुष्टि गरेको छ भने कुनै पनि क्रान्ति दोहोरिन सक्दैन, त्यसको विकास मात्र हुनसक्छ । पेरिस कम्युन रुसी क्रान्तिमा दोहोरिएन र रुसी क्रान्ति चिनियाँ क्रान्तिमा । त्यस्तै क्युबा र कोरियामा भएका क्रान्तिहरू पनि विगतका कुनै क्रान्तिका पुनर्भवित थिएनन् । संसारका चलेका सशक्त कम्युनिस्ट आन्दोलनहरू पनि विगतका क्रान्तिहरूको हुबहु प्रयोग थिएन । त्यसकारण अहिलेको विश्वमा कम्युनिस्ट आन्दोलन विकास गर्न अहिलेको साम्राज्यवाद, अहिलेको पुँजीको व्यवस्था, अहिलेको विश्व व्यवस्था र त्यसले सञ्चालन गरेका जनताका विरुद्धको सङ्घर्ष, क्रान्तिकारी आन्दोलनमा देखापरेका समस्याहरू र त्यसको प्रभावलाई वस्तुगत तरिकाले विश्लेषण गर्नुपर्छ र त्यसअनुरूपको रणनीति र कार्यनीतिको तर्जुमा गर्नुपर्छ ।
अहिलेको साम्राज्यवाद पुँजीवादको भूमण्डलीकृत चरणमा पुगेको छ । लेनिनले यसलाई एक शताब्दीपहिले साम्राज्यवाद भनेको पुँजीवादको उच्चतम रूप भन्नुभएको थियो । एक शताब्दीमा आउँदा साम्राज्यवादले नयाँ विकास गरेको छ, जो साम्राज्यवादको भूमण्डलीकृत चरण हो । साम्राज्यवादका भूमण्डलीकृत चरणलाई उत्तरसाम्राज्यवाद भन्न सकिन्छ । उत्तरसाम्राज्यवादले पुँजीको नियन्त्रणमा अतिसंकेन्द्रित, पुँजीको प्रयोगमा भूमण्डलीकृत, भूमण्डलीकृत श्रम परिचालन, साम्राज्यवादीहरूबीचको भूमण्डलीकृत सैन्य समन्वय, भूमण्डलीकृत कानुन र नियमहरूको समन्वय, भूमण्डलीकृत उत्पीडनमा समन्वय, भूमण्डलीकृत प्राकृतिक स्रोत र सम्पत्तिमाथिको लुट र जनतामाथिको उत्पीडनका रूपमा बुझ्न सकिन्छ । तसर्थ साम्राज्यवादी एकाधिकार पुँजीको विकास भूमण्डलीकृत पुँजीका रूपमा हुन पुग्यो । यसका विशेषताहरूमा लेनिनले विश्लेषण गर्नुभएको एकाधिकार तथा केन्द्रीकृत, परजीवी तथा सडेगलेको र मरणासन्न अवस्थाबाट एकाधिकारवादी अतिकेन्द्रीकरण, अतिपरजीवी र अतिमरणशील अवस्थामा पुगेको छ ।
एकाधिकार पुँजीको लेनिनले विश्लेषण गरेको उच्च चरणबाट भूमण्डलीय चरणमा पुगेको कारण यसले उत्पीडक साम्राज्यवादी शक्ति र उत्पीडित श्रमजीवी वर्गलाई भूमण्डलीकृत अवस्थामा विभाजित गरेको छ । अति केन्द्रीकृत पुँजीका कारण अहिलेको विश्वमा बीसौँ शताब्दीको दोस्रो दशकमा भएको प्रथम विश्वयुद्धको परिणाम युरोपीय अर्थतन्त्रमा रक्तसेलको अभाव र अमेरिकी अर्थतन्त्रमा अतिसञ्चारबाट पीडित भएजस्तै अहिले अमेरिका आर्थिक मन्दी र चीन आर्थिक निक्षेपको अति जटिलताबाट अघि बढिरहेका छन् । यसको परिणाम सैन्य शक्तिमा प्रतिस्पर्धा, सैन्य प्रविधिमा होडबाजी, सैनिक खर्चमा वृद्धि हुने बाध्यता आइपरेको छ र त्यसले पूर्वीएसिया, मध्यपूर्व तथा तेस्रो विश्वका देशहरूमा कि त आर्थिक उत्पीडन भैरहेको छ वा युद्ध थोपरिँदै आएको छ । त्यसैको परिणाम चीनको दक्षिण चीन सागरमा युद्धपोतहरूको तैनाथी बढेको छ र अमेरिकासहित तमाम देशहरूमा सामूहिक युद्ध अभ्यास हुँदै आएको छ ।
भूमण्डलीकृत पुँजीवादको विशेषता के रहेको छ भने पुँजीवादी उत्पादन सम्बन्धले पैदागरेको विशाल जनसमुदायमा आएको आर्थिक विपन्नता र एकाधिकारवादी पुँजीपतिको लुटको सङ्कट समाधान गर्न विश्वका जनतालाई एक ठाउँमा ल्याउन बाध्य बनेको छ । भूमण्डलीय रूपमा अति सस्तो श्रमिकमा आधारित उद्योगहरू विकास र सञ्चालन गरेको छ । मध्यपूर्वका देशहरूमा सस्तो श्रममा आधारित तेल उत्पादन गर्ने उद्योगहरू खोलिएका छन् । त्यस्तैगरी भारत, बङ्गलादेश, मलेसिया, इन्डोनेसियालगायत मध्यपूर्वका देशहरूमा उद्योगहरू खोलिएका छन्, त्यहाँका प्राकृतिक स्रोतहरूको लुटपाट र दोहन गरिएको छ र त्यसमा तेस्रो विश्वका सस्तो मजदुरहरू केन्द्रित गरिएका छन् । एकाधिकार अतिकेन्द्रित भूमण्डलीकृत पुँजीवादको राजनीतिक, आर्थिक, सैनिक योगमा निम्नविशेषताहरू देखा पर्छन् ः
क. साम्राज्यवादीहरूले मालको वितरणको स्थानमा कागजी नोटको वितरण गर्ने र धनजति साम्राज्यवादी आर्थिक सम्पन्न मुलुकहरूमा केन्द्रित गर्ने ।
ख. विश्वजारको विभाजनका लागि साम्राज्यवादी मुलुकहरूका बीचको मिलन र द्वन्द्व ९अयबष्तिष्यल बलम अयलतभलतष्यल० को बीचबाट सम्बन्ध बनाइरहने र त्यसमा मिलनको प्रक्रिया प्रमुख बनाउने ।
ग. विश्वलाई आर्थिक उत्पीडनका लागि आपसमा विभाजन गर्न संयुक्त राष्ट्रसङ्घलगायत क्षेत्रीय सङ्गठनहरू निर्माण गर्नु र ती सबै सङ्गठनहरू कुनै न कुनै रूपमा शक्तिकेन्द्रको सहारामा टिकिरहनु ।
घ. सबै उत्पीडित देशका शासकहरूको नियन्त्रण नियमन र निगरानी गर्ने कानुन, नियम र सैन्य शक्तिको प्रयोग शक्ति राष्ट्रहरूले निर्धारण गर्नु र त्यो पालन गर्न सबै देशका नागरिकहरू बाध्य बनाइनु ।
ङ. उत्पीडित देशहरूका नगदको प्रयोग गरी त्यहाँको प्राकृतिक तथा मानव संसाधनमाथि लुटखसोट गर्नु र विश्वका जनतालाई चरम रूपमा उत्पीडित गर्नु ।
च. साम्राज्यवादीबीचको अन्तरविरोधलाई आपसी बहस र तेस्रो विश्वका देशहरूमा गरिने सैनिक प्रयोगबाट समाधान गर्नु र शक्तिराष्ट्रहरूबीचको युद्धलाई पन्छाउने प्रयत्न गर्नु ।
यसप्रकारको एकाधिकार र केन्द्रीकृत पुँजीले विश्वभरको जनतालाई अन्तर्राष्ट्रिय स्तरमा श्रम शोषणका लागि तेस्रो विश्वका ठूलाठूला सहरहरूमा एकत्रित र ध्रुवीकृत हुन मद्दत गरेको छ । यसप्रकारको ध्रुवीकरणले कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले अगाडि सार्नुभएको नारा ‘विश्वका मजदुरहरू एक होऔँ !’ तथा कोमिन्टर्नले अगाडि सारेको नारा ‘विश्वका मजदुरहरू र विश्वका उत्पीडित जनताहरू एक होऔँ !’ अझ जीवन्त रूपमा मुखरित भएको छ । यो नारालाई त्यही प्रकारको राजनीतिक कार्यक्रम, त्यही प्रकारको आर्थिक नीतिको विश्लेषण र त्यही प्रकारको सैनिक कार्यक्रमका रूपमा विकासमा ल्याउनु आवश्यक बनेको छ ।
अहिलेको विश्वमा एकातिर साम्राज्यवादी उत्पीडन चरम अवस्थामा छ भने अर्कोतिर साम्राज्यवादको विरोधको प्रक्रियामा मानिसमा अन्धराष्ट्रवाद बढेको छ । वैज्ञानिक समाजवादी विज्ञानमाथि साम्राज्यवादीहरूको लगातार आक्रमण हुनु र कम्युनिस्टहरूले वैज्ञानिक समाजवादलाई ठीक तरिकाले स्थापित र विकास गर्न नसक्नुको कारण त्यसप्रकारको सङ्घर्षको नेतृत्व अन्धराष्ट्रवादी र विस्तारै धार्मिक साम्प्रदायिकताले लिने खतरा बन्दै गएको छ । संसारभरिका सङ्घर्षमा अन्धराष्ट्रवाद र धार्मिक कट्टरतावाद हाबी हुने अवस्थाले जनताले साम्राज्यवादी उत्पीडनका विरुद्ध भीषण सङ्घर्ष गरे पनि पुनः साम्राज्यवादको षड्यन्त्र र नियन्त्रणमा पर्दै जाने अवस्था उत्पन्न भएको छ ।
अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दा विभिन्न साम्राज्यवादी शक्तिकेन्द्रहरूबीचको अन्तरसाम्राज्यवादी अन्तरविरोध, साम्राज्यवाद र उत्पीडित राष्ट्र र जनताका बीचको अन्तरविरोध, साम्राज्यवादी देशहरूमा बुर्जवा र सर्वहारा वर्गको बीचको अन्तरविरोध घनीभूत रूपमा विकास भइरहेका छन् । अहिले पनि यी सबै अन्तरविरोधको सामूहिक उत्पत्ति स्रोत पुँजीवादी उत्पादन सम्बन्ध र यसको आधारभूत अन्तरविरोध हो । त्यसमा साम्राज्यवाद र उत्पीडित राष्ट्र र जनताका बीचको अन्तरविरोध अहिले पनि प्रमुख रहेको छ । साम्राज्यवादले भूमण्डलीकृत साम्राज्यवादी चरणमा आइपुग्दा पनि अहिलेको विश्व साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो ।
साम्राज्यवादी शक्तिहरूको मिलन र भिडन्त अथवा सहमति र बिमति ९अयबष्तिष्यल बलम अयलतभलतष्यल० ले सम्भावित तेस्रो विश्वयुद्धलाई टार्दै लगेको छ । तर तथाकथित सहयोग र लगानीमार्फत अन्तर्राष्ट्रिय बजार कब्जा गर्ने, प्राकृतिक सम्पदाको नियन्त्रण र देशभित्र अस्थिरता पैदा गर्न हतियारको उत्पादन, भण्डारण र वितरणमा होडबाजी गर्ने, शक्तिशाली देशहरूका बीचको सन्तुलन बनाउन आधुनिक हतियारको प्रविधिमा तीव्रता दिने, सोभियत सङ्घको पतनपछि एकधु्रवीय बनेको अमेरिकी सैन्य गठबन्धन नाटोका विरुद्धमा आर्थिक एवम् राजनीतिक गठबन्धन हुँदै भूमण्डलीय र क्षेत्रीय रूपमा विकास हुने वर्तमान विश्वपरिस्थितिले सम्भावित तेस्रो विश्वयुद्धलाई इङ्गित गर्दछ । यसप्रकारको विश्वयुद्धको भयावहलाई समाजवादी क्रान्तिले मात्र रोक्न सक्छ । यो अवस्थामा विश्वभरका कम्युनिस्टहरूले समाजवादी क्रान्तिको तयारीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक हिसाबले घनीभूत बनाउन आवश्यक हुन्छ । यसप्रकारको तयारीले क्रान्तिका लागि आवश्यक आन्तरिक आधार तयार गर्नेछ र बाह्य वातावरणको संयोजनमा पु¥याउनेछ । त्यो अवस्थामा माओले संश्लेषण गर्नुभएको ‘कि त क्रान्तिले विश्वयुद्धलाई रोक्छ वा विश्वयुद्धले क्रान्तिलाई जन्म दिन्छ र अहिलेको मूल प्रवृत्ति भनेको क्रान्ति नै हो’ भन्ने मान्यता लागू हुनेछ ।
अहिलेको विश्वमा नयाँ जनवादी तथा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न माओले अघि सार्नुभएको महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिलाई गहिराइका साथ पकड्ने र व्यवहार गर्ने विषयमा जोड दिनुपर्छ । महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिको मूल विशेषता कमरेड स्टालिनको नेतृत्वमा रहेको समाजवादी रुस र कमरेड माओको नेतृत्वमा रहेको समाजवादी चीनमा समाजवादी सत्ताको रक्षाका निम्ति समस्त जनतालाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा सशस्त्र गर्नु थियो । महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई पार्टी निर्माणको प्रक्रियादेखि नै लागू गर्नुको अर्थ मालेमावादको सिद्धान्तलाई गहिराइमा बुझ्ने र त्यसलाई व्यवहारमा लागू गर्ने नीति र विधिको विकास गर्नु हो ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवाद–लेनिनवाद–माओवादको जडसूत्रीय प्रयोग नभई त्यसमा निरन्तर विकास गर्ने, वैज्ञानिक समाजवाद र साम्यवादमा विश्वलाई परिवर्तन गर्न वर्गसङ्घर्ष र सर्वहारा अधिनायकत्वको मान्यतालाई आत्मसात गर्ने, सर्वहारा अन्तर्राष्ट्रियतावादको मान्यतालाई कार्यान्वयन गर्ने, महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिको मान्यता तथा बन्दुकको बलमा टिकेको पुँजीवादलाई बन्दुकको बलबाट ध्वस्त गर्नुपर्छ भन्ने मान्यता राख्ने कम्युनिस्ट पार्टी र सङ्गठनहरूलाई क्रान्तिकारी कम्युनिस्टको कित्ताभित्र राख्नुपर्छ । त्यसविपरीत कुनै पनि कार्यनीतिको बहानामा माथिका कम्युनिस्ट मान्यताका विरुद्धमा जाने पार्टी र सङ्गठनहरूलाई संशोधनवादी कित्तामा राख्नुपर्छ । नेपालका सन्दर्भमा प्रस्ट रूपमा देखापरेको नवसंशोधनवाद नयाँ विशेषतामा आएको छ । कुरा र कतिपय सन्दर्भमा दस्ताबेजमा समेत क्रान्तिको विषयलाई नछाड्ने र व्यवहारमा क्रान्तिप्रति पूर्ण रूपले विश्वासघात गर्ने, कायरताको प्रदर्शन गर्ने प्रचण्ड–बाबुराम प्रवृत्ति नेपालको एमाले–माक्र्सवादी प्रवृत्तिजस्तै नवसंशोधनवादी प्रवृत्ति हो भन्ने कुरा स्पष्ट गर्नुपर्छ । कम्युनिस्टहरूबीचको आचरण मूलतः वैज्ञानिकहरूको जस्तो आलोचना र सहयोगमा आधारित रहेको हुनुपर्छ ।
नयाँ जनवादी क्रान्तिलाई समाजवादबाट भिन्न पुँजीवादी क्रान्तिका रूपमा हेर्ने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा स्थापित दृष्टिकोण सच्याउनुपर्छ । नयाँ जनवाद भनेको समाजवादको खास देशको परिस्थितिअनुरूपको एउटा रूप हो । यद्यपि माओले नयाँ जनवादी व्यवस्थामा सर्वहारा वर्गको नेतृत्वमा जनताको जनवादी अधिनायकत्व हुने बताउनुभयो । त्यसको तात्पर्य यो एउटा अनिवार्य चरणका रूपमा नभएर त्यतिबेलाको शक्ति सन्तुलनको खास अवस्थालाई आन्तरिक र बाह्य रूपमा समाधान गर्न अभिव्यक्त गरेको देखिन्छ । कम्युनिस्टको नेतृत्वमा सर्वहारा अधिनायकत्व प्रयोग नगरीकन न कुनै मुलुकमा क्रान्ति सम्पन्न हुनसक्छ न समाजवादी सत्ताको विकास नै । तर के कुरामा स्पष्ट हुन आवश्यक छ भने समाजवाद स्थापना भइसकेपछि समाजको विकासको अवस्थाअनुसार वैज्ञानिक समाजवादमा विकास हुन कयौँ आर्थिक–राजनीतिक चरणहरूको विकास हुनसक्छ र त्यसप्रकारको विकासको अनिवार्यता पनि बन्दै जानेछ । साथै नयाँ जनवाद अथवा वैज्ञानिक समाजवादले क्रान्ति सम्पन्न गरेपछि कतिपय बुर्जुवा जनवादका कार्यभारहरू पूरा गर्नेछ । त्यसले समाजमा रहेका पुँजीवादी विकृतिहरू, मध्ययुगीन बर्बरताहरू, सामन्तवादका अवशेषहरू, महिलामाथिको विभेद र उत्पीडन तथा जातिहरूमाथिको विभेद र उत्पीडनको अन्त्य गर्नेछ र पुँजीवादी उत्पादन सम्बन्धको तीव्र रूपमा समूल नष्ट गर्नेछ ।
कुनै पनि देशको कम्युनिस्ट आन्दोलनलाई यो अवस्थामा पु¥याउनका लागि कम्युनिस्टहरूको भूमण्डलीकृत अन्तर्राष्ट्रिय सङ्गठन आवश्यक छ । यसप्रकारको सङ्गठन निर्माण गर्न सन् १९१९ मा लेनिनले अगाडि सार्नुभएको २१ बुँदे प्रस्तावनाहरू अहिले पनि आधारभूत रूपमा सही रहेका छन् । यसप्रकारको सङ्गठनले लेनिनले विश्लेषण गर्नुभएजस्तै वैचारिक दृढता र कार्यनीतिक लचकताका आधारमा कम्युनिस्ट, राष्ट्रवादी तथा साम्राज्यवादविरोधी क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गर्दै साम्राज्यवादका विरुद्ध हमला बोल्न सक्नुपर्छ । यसप्रकारको रणनीति र कार्यनीति अपनाउन सक्दा मात्र कम्युनिस्टहरूले सही तरिकाले साम्राज्यवादका विरुद्धको सङ्घर्षलाई निष्कर्षमा पु¥याउन सक्नेछ ।
यसप्रकारको सङ्घर्षमा क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन ‘रिम’ को गठन र त्यसको कार्यविस्तारले आन्दोलनको विस्तार र अन्तर्राष्ट्रिय बहसमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । माओवादलाई ग्रहण गर्ने, त्यसलाई लागू गर्ने र त्यसमा विकास गर्ने मान्यताहरूमा चलेका बहसले आईसीएमएल, कम्युनिस्ट अन्तर्राष्ट्रिय तथा ब्रसेल्स ग्यादरिङ (ब्रसेल्स सेमिनार) सम्म प्रभाव पारेको थियो । नेपालको जनयुद्धको विसर्जन र कम्युनिस्टहरूको विखण्डनले यी सबै आन्दोलनलाई पक्षघातको अवस्थामा पु¥याएको छ । कम्युनिस्टहरूबाट हुने अन्तर्राष्ट्रिय आन्दोलनको पहलकदमीबाट मात्र विश्व कम्युनिस्ट आन्दोलनलाई सशक्त रूपमा विकास गर्न सकिन्छ ।
अहिले पुँजीवादी तथा साम्राज्यवादी मुलुकहरूमा देखापरेको सापेक्षित स्थिरता समाप्त नभएको मात्र होइन, त्यसले ती मुलुकहरूमा नयाँ प्रकारको अस्थिरता र आतङ्क पैदा गरेको छ । यसप्रकारको अस्थिरताबाट क्रान्तिको लाभ उठाउने कार्यदिशा विकास गर्न अहिले पनि कम्युनिस्टहरूले भीषण चुनौतीको सामना गर्नु पर्नेछ । क्रान्तिको चाहना राख्ने विश्वभरका जनताले यी चुनौतीहरूको समाधान गर्ने बाटो नखुलेको अनुभूति गरिँदै आएको छ । यसप्रकारको समस्या समाधान गर्न अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट, राष्ट्रवादी र साम्राज्यवादविरोधी आन्दोलनलाई एकीकृत गर्ने कार्यदिशामा आधारित जनक्रान्तिको राणनीतिक तथा कार्यनीतिक नीतिका आधारमा एकीकृत गर्नु आवश्यक हुनेछ ।
अन्त्यमा, लेनिनको त्यो भनाइलाई फेरि उल्लेख गर्न आवश्यक हुन्छ, ‘ती महान् दिनहरू हामीबाट जति टाढा हुँदै जान्छन् त्यति नै स्पष्ट रूपले हामी रुसमा सर्वहारा क्रान्तिको महŒव देख्छौँ र त्यत्ति नै गहिराइका साथ हाम्रा समग्र कामको व्यावहारिक प्रतिबिम्बन हुन्छ’, त्यति नै अहिलेका कम्युनिस्टहरूको ऐतिहासिक कार्यभारको सुनौलो अवसर र गम्भीर चुनौती देखापर्छ र वैज्ञानिक समाजवाद र साम्यवादको उज्ज्वल भविष्य देखापर्छ । अहिले हामी महान् अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउनुको तात्पर्य हाम्रो समाजमा गरिने क्रान्तिको उत्सव मनाउनु हो, अहिलेको विश्वमा हुने समाजवादी क्रान्तिको विजयको झन्डालाई माथिमाथि फहराउनु हो । अक्टोबर क्रान्तिको २५ औँ वार्षिक उत्सवका अवसरमा माओले ‘अक्टोबर क्रान्तिको झन्डा अपराजेय छ र फासिवादी सम्पूर्ण शक्ति समाप्त हुनु अनिवार्य छ’ र ‘लालसेनाको विजय मनाउनु भनेको हामी चिनियाँ जनताले पनि आफ्नो विजय मनाउनु हो’ भन्नुभएजस्तै एक शताब्दीपछि महान् अक्टोबर क्रन्ति मनाउनुको तात्पर्य विश्व सर्वहारा वर्गले विजयको शङ्खनाद गर्नु हो । विश्वका उत्पीडित जनतालाई समाजवादको बाटोमा हिँडाउनु हो र साम्राज्यवाद, फासिवादका विरुद्धको वैचारिक, राजनीतिक र फौजी सङ्घर्षको भीषण प्रक्रियाबाट सुनिश्चित हुने वैज्ञानिक समाजवाद र साम्यवादको उज्ज्वल भविष्यमा डो¥याउनु हो ।

(यो लेख ‘महान् अक्टोबर क्रान्तिको एक शताब्दी र सर्वहारा क्रान्तिको उज्ज्वल भविष्य’ विषयमा २०७४ साल कात्तिकमा माओ दिवसका अवसरमा लेखिएको कार्यपत्र हो । यो त्यही समयमा पुस्तिकाका रूपमा छापिएको थियो र सन् २०१७ मा रुसको लेनिनग्रादमा आयोजित अक्टोबर क्रान्ति शताब्दी महासम्मेलनका बीचमा लोकार्पण र परिचर्चासमेत गरिएको थियो । यहाँ शीर्षक र सामान्य हेरफेर मात्र गरिएको छ– सम्पादक)

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :