७५ औँ पार्टी स्थापना दिवस र १५४ औँ लेनिन जयन्ती आज संयुक्त रूपमा मनाइँदै

७५ औँ पार्टी स्थापना दिवस र १५४ औँ लेनिन जयन्ती आज संयुक्त रूपमा मनाइँदै

कठमाडौँ / नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (मशाल) ले आज संयुक्त रूपमा ७५ औँ कम्युनिस्ट पार्टी स्थापना दिवस तथा १५४ औँ लेनिन जयन्ती मनाउने भएका छन् ।नेकपा (बहुमत) केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार आज अर्थात् शनिबार मध्याह्न १२ बजे काठमाडौँ धोबीखोला किनारमा रहेको इच्छुक प्रतिष्ठानको सभाकक्षमा तीन पार्टीले संयुक्त रूपमा पार्टी स्थापना दिवस तथा लेनिन जयन्ती मनाउन लागेका हुन् । तीनै पार्टीका शीर्ष नेतृत्वले नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको महत्व र लेनिनले क्रान्तिमा दिएको योगदान दर्साउँदै क्रान्ति सम्पन्न गर्ने कार्यभारका विषयमा विचारहरू प्रस्तुत गर्ने जनाइएको छ । स्मरणीय छ, नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच यही वैशाख १८ गते मजदुर दिवसका दिन काठमाडौँमा पार्टी एकता घोषणा हँुदैछ भने नेकपा मशालसँग एकताका लागि संयोजन समिति गठन भएर छलफल भइरहेको छ । पुष्पलालले अन्य तीनजनाको साथ लिएर २२ अप्रिल अर्थात् लेनिन जयन्तीका दिन दिन आजै नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :