तीनबुँदे सहमति कार्यान्वयन नभए कडा सङ्घर्ष  : दीपक

तीनबुँदे सहमति कार्यान्वयन नभए कडा सङ्घर्ष  : दीपक

काठमाडौँ / नेकपा (बहुमत) का केन्द्रीय कार्यालय सदस्य दीपकले सरकारले ३ बुँदे सहमति कार्यान्वयनमा उदासीनता देखाइरहेको बताएका छन् ।

२०७७ साल फागुन २१ गते तत्कालीन नेपाल सरकार र नेकपाका बीच भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न सरकारलाई दबाब दिँदै आज बालुवाटारमा आयोजित विरोध प्रदर्शनका क्रममा नेता दीपकले उक्त कुरा बताएका हुन् ।

दीपकले सरकारले जिम्मेवारीपूर्ण ढङ्गले समयमै ३ बुँदे सहमति कार्यान्वयन नगरे पार्टी सशक्त सङ्घर्ष गर्न बाध्य हुनुपर्ने पनि बताए । उनले त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सरकार आफैँ हुनुपर्ने भन्दै सरकारलाई चेतावनी पनि दिए ।

नक्सालस्थित भाटभटेनीबाट तीनबुँदे सहमति कार्यान्वयन गर, झूटा मुद्दा खारेज गर, सम्पूर्ण राजबन्दी रिहा गर, नेकपा (बहुमत) जिन्दावादलगायत नारा लगाउँदै सुरु भएको विरोध ¥याली बालुवाटारमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध ¥याली र सभाको नेतृत्व पार्टी संयोजक कञ्चनले गरेका थिए ।

कार्यक्रमको सञ्चालन पार्टीका बागमती उपत्यका ब्युरो इन्चार्ज शरदले गरेका थिए । विरोधसभामा उल्लेख्य जनसहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :