चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचन अवज्ञा गर्न नेकपा (बहुमत) को विशेष अनुरोध

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचन अवज्ञा गर्न नेकपा (बहुमत) को विशेष अनुरोध

चितवन / नेकपा (बहुमत) बागमती पश्चिम ब्युरोले विज्ञप्ति जारी गरी चितवन निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन सशक्त अवज्ञा गर्न आमजनसमुदायमा विशेष अनुरोध गरेको छ । बागमती पश्चिम ब्युरोका इन्चार्ज प्रवीरले विज्ञप्ति जारी गरी दलाल संसदीय प्रणाली अन्त्य गरी नयाँ जनवादसहितको वैज्ञानिक समाजवाद स्थापना गर्न र संसदीय व्यवस्थाको फोहोरी खेलका कारण फेरि यही वैशाख १० गर्ने गर्ने भनिएको चितवनको निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन अवज्ञा गर्न अनुरोध गरेका हुन् ।

प्रवीरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले वर्तमान दलाल संसदीय प्रणाली अन्त्य गरी नयाँ जनवादसहितको वैज्ञानिक समाजवाद स्थापना गरेर मात्र नेपाली जनता र राष्ट्रको हित हुने कुरा स्पष्ट पार्दै आएको छ । यही आफ्नो सैद्धान्तिक प्रतिबद्धतालाई आत्मसात गर्दै पार्टीले गत मङ्सिरको सङ्घ र प्रदेश चुनाव अवज्ञा गरेको थियो । संसदीय व्यवस्थाको फोहोरी खेलका कारण फेरि यही वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा पुनः निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा विवादित, सन्देहास्पद व्यक्ति पनि उठ्दैछन् ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो व्यवस्थाभित्र जति नै स्टन्डबाजी गरे पनि न ऊ शिवाजी राव बन्न सक्छ, न त भ्यासिल पेट्रोबिच नै । यो चुनावमा जसलाई जिताए पनि ऊ भ्रष्टाचारी हुने हो, राष्ट्रघाती र जनघाती ठहरिने हो । त्यसैले हामी चितवन क्षेत्र नम्बर २ बासी मतदाताहरूमा उक्त चुनावमा सहभागी नभई अवज्ञा गर्न विशेष अनुरोध गर्दछौँ ।’

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :