मजदुर संगठनद्वारा महानगरपालिकाकाे विरोध

भीमबहादुर खड्का/चितवनः नेपाल कम्युनिस्ट पार्टी निकट ट्रेड युनियन महासंघको एकघटक अखिल नेपाल यातायात मजदुर संघले बुधबार बिहान प्रेस विज्ञप्तिमार्फत् भरतपुर महानगरपालिका कार्यालय कार्यपालिकाको २०७४ भदौ २७ गते सार्वजनिक गरिएको ई–रिक्सा तथा अटो रिक्सा संचालन सम्बन्धी निकालिएको सूचनाप्रति संगठनको ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष ओम लामिछानेद्वारा निकालिएको विज्ञप्तिमा भनिएको छ– ‘बजार व्यवस्थापनको नाममा हाल चितवनमा ५ हजारको संख्या बराबरका मजदुरहरुको रोजीरोटी अर्थात् जीविकोपार्जन गरिरहेको अटो तथा ई–रिक्सालाई मुख्य सडक प्रवेशमा जोर–बिजोर नीति लगाउने खालको साथै २०७४ जेठ ७ गतेपछि दर्ता भएका ई–रिक्सा तथा अटोरिक्सालाई पूर्ण रोक लगाउने आपत्तिजनक निर्णयले नेपालमै बसेर मजदुरी गरिरहेको अवस्थामा नगरपालिकाले खाडी नै जाऊ भन्ने खालको निर्णय गरी मजदुरहरुको रोजीरोटी खोसी मजदुरहरुको पेटमा छुरा प्रहार गरी बाँच्न पाउने अधिकारबाट बञ्चित हुनेगरी गरिएको निर्णयप्रति हाम्रो संगठन घोर आपत्ति प्रकट छ । महानगरपालिकाको यस निर्णयलाई खारेज गरी निर्वादरुपमा ई–रिक्सा र अटो रिक्सा सञ्चालन गर्ने वातावरण सिर्जना गरियोस् साथै सम्पूर्ण सरोकारवाला, राजनीतिक दल, यातायात व्यवसायी, मजदुर संगठनले यस समस्याको सामाधान तुरुन्त खोजियोस् नत्र हाम्रो संगठन जस्तोसुकै आन्दोलन गर्न पछि पर्ने छैन । यसबाट उत्पन्न परिणामको जिम्मेवार स्वयम् नगरप्रमुखलगायत राजनीतिक दलहरु हुनेछन् ।’

२०७४ भदौ २८ गते अपरान्ह २ः०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :