लघुवित्तीय शोषणविरुद्ध नेकपा (बहुमत) द्वारा भैँसे बजारमा कोणसभा

लघुवित्तीय शोषणविरुद्ध नेकपा (बहुमत) द्वारा भैँसे बजारमा कोणसभा

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखाले लघुवित्त आतङ्क, चर्काे मिटरब्याज, मल, बिउबिजन, उच्च महँगीका विरुद्ध आइतबार शैलुङ गाउँपालिकास्थित भैँसे बजारमा कोणसभा आयोजना गरेको छ ।
कार्यक्रममा पार्टीको नवाैमहाधिवेशन आयोजक समितिका सदस्य एवम् दोलखा–सिन्धुपाल्चोक इन्चार्ज विनयराज शर्मा प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा जिल्ला संयोजक अन्जान, जिल्ला सदस्यहरू भरत, ईश्वर, गोपाल, लालबहादुर विकलगायतको उपस्थिति रहेको जनाइएको छ ।
कोणसभामा इन्चार्ज शर्माले लघुवित्तमा भएको चर्काे मिटरब्याजी शोषणका विरुद्ध पार्टी निरन्तर लड्ने बताए । कार्यक्रमको सञ्चालन ईश्वरले गरेका थिए ।
कोणसभाअघि प्रदर्शनमा सहभागीहरूले भैँसेबजार परिक्रमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :