सुकुमबासीको उठीबास लगाइएकोमा नेकपा (बहुमत) र क्रान्तिकारी माओवादीद्वारा विरोध

सुकुमबासीको उठीबास लगाइएकोमा नेकपा (बहुमत) र क्रान्तिकारी माओवादीद्वारा विरोध

मकवानपुर : नेकपा (बहुमत) मकवानपुर र नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुरले विज्ञप्ति जारी गरी हेटौँडा १५ मा रहेको सुकुमबासी बस्तीमा भूमाफियाको चलखेल भएकोमा विरोध जनाएका छन् ।
क्रान्तिकारी माओवादीका सेक्रेटरी दिकपाल र नेकपा (बहुमत) का संयोजक शक्तिले जारी गरेको विज्ञप्तिमा हेटौँडा उपमहानगरपालिका १५ भोर्लेस्थित सुकुमबासी बस्तीमा भूमाफिया र राज्यको मिलोमतोमा सुकुमबासी समुदायमाथि उत्पन्न गरिएको आतङ्कप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । विज्ञप्तिमा विगत ४० वर्षयता नियमित बसोबास गर्दै आएका भूमिहीन सुकुमबासीहरुलाई बिनाजानकारी प्रशासनिक मिलोमतोमा टेकबहादुर बलका नाममा नापनक्सासमेत गरी उनका नाममा रातो पुर्जा हस्तान्तरण गर्नु असामान्य कुरा भएकाले सरकारले भूमाफियाहरुसँगको मिलोमतोमा गरेको यसप्रकारको जनविरोधी कार्यको घोर भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा उक्त जनविरोधी कार्यमा संलग्न जिल्ला मालपोत कार्यालय र नापी विभागका कर्मचारीहरुमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारसमक्ष अनुरोध गरिएको थियो ।
यसैबीच मिटरब्याजी, लघुवित्त र दलाल भूमाफियाहरूले सुकुमबासीहरुको उठीबास लगाएको भन्दै अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले त्यसको विरोध गरेको छ ।
किसान महासङ्घका अध्यक्ष हरि श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा सुकुमबासी घरवारविहीन हुँदा पनि राज्य यसप्रति उदासीन भएको उल्लेख छ । मकवानपुरको हेटौँडा उपमहानगरपलिका १५ स्थित विगत ४० वर्षदेखि सुकुमबासीले भोगचलन गर्दै आएको जमिन भूमाफियाले लालपुर्जा बनाएर किसानलाई उठीबास लगाउने षड्यन्त्र गरेको किसान महासङ्घको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन सुकुमबासीको उठीबास लगाउने कार्य जनविरोधी भएको भन्दै महासङ्घले नेकपा (बहुमत) ले उक्त जग्गा कब्जा गर्नु न्यायपूर्ण भएको जनाएको छ ।

किसान महासंघका अध्यक्ष हरि श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :