नजिकिंदै चुनावी लगन / खारेजी अभियान तीव्र

माओवादी केन्द्रका कार्यकर्ताद्वरा विरगञ्चमा आफ्नै पार्टीको व्यानर जलाउँदै

अम्बिका चन्द / काठमाडौं, सुदर्शनराज पाण्डे / विरजञ्ज : प्रदेश नम्बर २ को चुनावी लगन नजिकिंदै गर्दा मध्यतराईमा बम विष्फोट र चुनाव विरोधी गतिविधि तीव्र बनेका छन् । सोमबार राती सिरहाको लाहान नपास्थित व्यापारी पशुपति चौधरीको पेट्रोल पम्प र निवासलक्षित विष्फोट भएको छ । चौधरीलाई कर छली, भष्ट्राचार र दलाली गरेको आरोप लगाइएको छ । यसअघि लाहान नपाका मेयर पदका उम्मेदवार मुनी शाहको घरमा पनि बम विष्फोट भएको थियो । एमालेको तर्फबाट उम्मेदवार बनेका शाहको लाहान बजारमै रहेको घरमा भएको विष्फोटबाट सामान्य क्षति भएको थियो । उम्मेदवार शाह विभिन्न अपराधिक गतिीव्रधिमा संलग्न रहेको र विगत जनयुद्धको बेला व्यक्ति हत्यामा समेत संलग्न रहेको पनि बताइएको छ । गोलबजार नपा ३ जम्दवा मतदान केन्द्र र सगरमाथा उच्च मावि मिर्चैयामा पनि बम विष्फोट भएको छ । सर्लाहीको वागमती नपाका माके उम्मेदवार भरत थापाको निवासमा बम विष्फोट भएको छ । विष्फोटबाट घरमा केही क्षति पुगेको बताइएको छ । सोही समयमा हरिऔन ६ मा रहेको सागरनाथ वन परियोजनाको सहायक वन कार्यालयमा आगजनी भएको छ । आगजनी गर्नुअघि एक समूहले कार्यालयमा रहेका कर्मचारीहरूलाई बाँधेर लडाएको बताइएको छ र आगजनीका कारण कार्यालयका सम्पूर्ण कागजात र फर्निचर जलेर नष्ट भएका छन् । उक्त वन कार्यालयले गतवर्ष टाँगिया बस्तीका सकु मवासीलाई दमन गरेकोले सुकुमवासीको तर्फबाट आगजनी गरिएको हुनसक्ने आशंका गरिएको छ । हरिऔन १०, सुकेपोखरीस्थित मतदान केन्द्रमा सिलिन्डर बम विष्फोट भएको छ । त्यसैगरी लालबन्दी नपा ९, स्थित जनज्योती उच्चमाविमा बम फेला पर्दा त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको थियो भने केही समय पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध हुन पुगेको थियो । केही दिनअघि उर्जा राज्यमन्त्री शम्भुलाल श्रेष्ठको सर्लाही लालबन्दीमा रहेको क्रसर उद्योगमा बम विष्फोट भएको थियो । विष्फोटका कारण लाखौँको क्षति हुनुका साथै उद्योग परिसरमा रहेको एउटा ट्रिपर जलेर नष्ट भएको थियो । माओवादी केन्द्रको तर्फबाट उर्जा राज्यमन्त्री बनेका श्रेष्ठले क्रसर उद्योगको आवरणमा कर छल्ने, अवैध व्यापार गर्ने र ढुङ्गा, गिटी, बालुवा, महङ्गोमा बेच्ने गरेको आरोप स्थानीयहरूले लगाउँदै आएका थिए । महोत्तरी गौशाला ८ मा रहेको कसमडी मतदान केन्द्रमा सोमबार राती शक्तिशाली बम विष्फोट भएको छ भने बर्दिबास नपाको कार्यालयमा पनि बम विष्फोट भएको छ । पर्सा बहदरमाई नपा १३ को मतदान केन्द्र र विरगन्ज ८, आदर्शनगरस्थित संघीय समाजवादी फोरमका वडा अध्यक्षका उम्मेदवार रमाकान्त चौरसियाको घर नजिक बम विष्फोट भएको छ । चौरसिया निर्माण व्यावसायी संघ पर्साका अध्यक्षसमेत हुन् । बाराको सदरमुकाम कलैया २३, हतौडामा रहेको वडा कार्यालय र फेटा गाउँपालिका १ सिसनिया मतदान केन्दमा पनि बम विष्फोट भएको छ । यसैबीच रौतहट, चन्द्रपुर २, स्थित फुलबारी बुथकेन्द्रमा मंगलबार बिहान करिब ५ बजेतिर शक्तिशाली बम विष्फोट भएको छ । बुथकेन्द्र नजिकै बम विष्फोट हँुदा चुनाव प्रचारप्रसारमा रहेको टोली निकै आतङ्कित भएको बताइएको छ । चन्द्रप्रर बजारमा रहेको माके उम्मेदवार समीर भट्टराईको घरमा बुधबार राती बम विष्फोट भएको थियो । भट्टराईले दोस्रो चरणको निर्वाचनको क्रममा नेकपा झापाका २ जना कार्यकर्तालाई पक्राउ गर्न सुराकी गरेको आरोप लगाइएको छ । गजरा नपा कटानी बजारस्थित महिला बुथकेन्द्रमा पनि बिहिबार राती बम बिष्फोट भएको थियो । सप्तरीको त्रियुगा डिस्टीलरीमा २२ गते दुईवटा शक्तिशाली बम विष्फोट भएको छ । उक्त डिस्टीलरीले कर छली गर्दै आएको र उद्योगबाट निस्कने फोहोर राम्रोसँग व्यवस्थापन नगर्दा स्थानीयको जनजीवनमा प्रतिकूल असर परेको बताइएको छ । धनुषाको धनुषाधाम नगरपालिकाकी मेयर पदकी उम्मेदवार पेक्षा मल्लको घरमा बम विष्फोट भएको छ । विष्फोटबाट घरमा सामान्य क्षति पुगेको छ । राप्रपाको तर्फबाट स्थानीय निकायको निर्वाचनमा उम्मेदवार बनेकी मल्ल पञ्चायतकालका कुख्यात मण्डले हेमबहादर मल्लकी नजिककी नातेदार हुन् । विगत जनयुद्धको बेला शाह विभिन्न अपराधिक गतिविधिमा समेत संलग्न रहेको बताइन्छ ।

२०७४ भदौ २८ गते १२  : ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :