रौतहट र बाराका बुथकेन्द्रमा आक्रमण

विरगञ्ज संवाददाताः चुनाव खारेजी अभियानमा संलग्न नेकपा रौतहट र बाराले जिल्लाका विभिन्न चुनाव बुथकेन्द्रमा बुधबार पनि आक्रमण जारी राखेको छ । रौतहट, चन्द्रपुर–१, पौराही बुथकेन्द्रमा राती १० बजे शक्तिशाली बम विष्फोट भएको छ । त्यसैगरी बुधबार साँझ नै बारा, पर्सौनी गापा ५, बेङ्गाशाह उच्च मा.वि. बुथकेन्द्रमा ६ः४५ मा अर्को शक्तिशाली बम विष्फोट भएको छ । यी घटनाको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

२०७४ भदौ २८ गते ९ः१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :