युवा जनस्वयम्सेवक मण्डनदेउपुर नगर प्रमुखमा सुमन

युवा जनस्वयम्सेवक मण्डनदेउपुर नगर प्रमुखमा सुमन

काभ्रे : नेकपा (बहुमत) काभ्रेपलाञ्चोक जिल्ला समिति मण्डनदेउपुर नगरपालिका इलाकाअन्तर्गत युवा जनस्वयम्सेवक नेपालको नगर भेलाले सुमन राईको संयोजकत्वमा १५ सदस्यीय नगर समिति गठन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टीका जिल्ला संयोजक कृष्ण सेवा ‘किरण’ ले अब क्रान्तिको मुख्य भूमिका युवाले निर्वाह गर्नुपर्ने बताए । उनले सहिदहरूको रगतको आहालबाट उठेर युवाहरूले सहिदको सपना पूरा गर्नुपर्ने र देशलाई स्वाधीन, सुखी, समृद्ध र दीर्घकालीन रूपमा शान्ति कायम राख्नका लागि वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए ।
संयोजक किरणले नेकपा (बहुमत) का युवाहरू वाईसीएल, युथ फोर्स, तरुण दलजस्ता भ्रष्ट र पार्टीका पिछलग्गु नभएर देश र जनताका इमानदार सिपाही भई काम गर्ने सेवक हुनुपर्ने धारणा राखे ।
भेलामा युवा जनस्वयम्सेवक नेपालका पूर्वी बागमती ब्युरो इन्चार्ज अजय, जिल्ला अध्यक्ष असल मोक्तान, इलाका पार्टी संयोजक मणि नेपालले युवा क्रान्तिका लागि अपरिहार्य रहेको बताएका थिए । भेलामा ३५ जना युवा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :