पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्कीले वित्तीय संस्थाबाट पीडितहरूलाई सङ्घर्षमा गोलबन्द हुन आह्वान गरेको छ ।
पार्टीका कास्की इन्चार्ज विश्वास र संयोजक अनवरतले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय देशव्यापी रूपमा वित्तीय शोषणको आतङ्कले जनता प्रताडित भएकाले आफ्नो पार्टीले मिटरब्याजी, बैङ्क, लघुवित्त, कतिपय सहकारीका विरुद्ध आन्दोलन गर्दै आएको बताएका छन् ।
विज्ञप्तिमा पीडित जनताले सडकमा लगातार आवाज उठाउँदासमेत कुनै सुनुवाइ नभएकाले सङ्घर्षका थप कार्यक्रम अघि बढाउन बाध्य भएको उल्लेख छ । विज्ञप्तिमा बैङ्कको ब्याजदर न्यूनतम ५ प्रतिशत कायम गर्दै बैङ्किङ सेवा विस्तार गर्ने सबै लघुवित्तीय संस्था खारेज गर्न, जनताको लगानी फिर्ता गर्न, ठूलो प्रतिशतमा लघुवित्त नाफामा रहेकाले ऋण मिनाहाको घोषणा गर्न सम्बन्धित सबै पक्षसँग जोडदार माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्