सुनसरीको सूर्योदय बोमी लघुबित्तमा तालाबन्दी

सुनसरीको सूर्योदय बोमी लघुबित्तमा तालाबन्दी

इटहरी : नेकपा (बहुमत) सुनसरीले पार्टीको घोषित कार्यक्रमअन्तर्गत इटहरीस्थित सूर्योदय बोमी लघुवित्त संस्थाको कार्यालयमा तालाबन्दी गरी कारबाही गरेको छ । जिल्ला पार्टीले संस्थाको कार्यालयमा तालाबन्दी गर्नुका साथै पोस्टर टाँसेर नाराबाजीसमेत गरेको छ ।
तालाबन्दी गर्नुअघि पार्टीका नेता–कार्यकर्ताले कार्यालयका सबै कर्मचारीलाई बाहिर बोलाई प्रशिक्षणसमेत दिएको जनाइएको छ ।
लघुवित्तहरूले जनतामाथि ब्रह्मलुट गरेको भन्दै नेकपा (बहुमत) ले देशभर कारबाहीस्वरूप लघुवित्तका कार्यालयमा तालाबन्दी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :