नेकपा (बहुमत) द्वारा लुम्बिनीका ६ लघुवित्तमा तालाबन्दी

नेकपा (बहुमत) द्वारा लुम्बिनीका ६ लघुवित्तमा तालाबन्दी

काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लुम्बिनी ब्युरोले ब्युरोअन्तर्गत रहेका ६ वटा लघुवित्त संस्थामा प्रारम्भिक कारबाहीस्वरूप तालाबन्दी गरेको छ ।
ब्युरोअन्तर्गत पर्ने कपिलवस्तुको शिवराज नगरपालिका धर्मनगरमा रहेको समता घरेलु लघुवित्तमा ताला लगाइएको छ । यस्तै रूपन्देहीको देवदहमा रहेको उन्नति लघुवित्त र तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको ‘सबैको लघुवित्त’ मा पनि पार्टीले ताला लगाएको छ ।
ब्युरो कार्यालयबाट प्राप्त समाचारअनुसार दाङको घोराहीमा रहेको छिमेकी लघुवित्तमा पनि नेकपा (बहुमत) ले ताला लगाएको छ भने नवलपरासीको सिभिल लघुवित्त र पाल्पाको आरम्भ चौतारी लघुवित्तमा पनि ताला लगाएको छ ।
पार्टीको केन्द्रीय कार्यक्रमअनुसार नेकपा (बहुमत) ले देशैभरका जनतामारा, ठग लघुवित्त संस्थाहरूमा चैत १ गते तालाबन्दी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :