नेकपा (बहुमत) काभ्रेले सामुदायिक लघुवित्त संस्थामा लगायो ताला

नेकपा (बहुमत) काभ्रेले सामुदायिक लघुवित्त संस्थामा लगायो ताला

भकुन्डेबसी : नेकपा (बहुमत) काभ्रेपलाञ्चोकले सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भकुन्डेबेसीमा तालाबन्दी गरेको छ । पार्टी जिल्ला संयोजक कृष्ण सेवा ‘किरण’ को नेतृत्वमा लघुवित्तमा बुधबार तालाबन्दी गरिएको नेकपा (बहुमत) काभ्रेले जनाएको छ ।
विगत लामो समयदेखि उक्त वित्तीय संस्थाले गरिब जनतामाथि अन्याय, अत्याचार, शोषण र गुन्डागर्दी शैलीमा जनताको सम्पत्ति हडप्ने कार्य गर्दै आएको जनगुनासो बढेको र पार्टीमा उजुरीसमेत परेपछि लघुवित्तमा तालाबन्दी गरिएको जानकारी नेकपा (बहुमत) काभ्रेले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :