नेकपा (बहुमत) सिन्धुपाल्चोकद्वारा राष्ट्र उत्थान लघुवित्तमा तालाबन्दी

नेकपा (बहुमत) सिन्धुपाल्चोकद्वारा राष्ट्र उत्थान लघुवित्तमा तालाबन्दी

सिन्धुपाल्चोक : लघुवित्त संस्थाले जनतालाई शोषण गरेको विरोधमा नेकपा (बहुमत) सिन्धुपाल्चोकले मेलम्चीमा रहेको राष्ट्र उत्थान लघुवित्तमा तालाबन्दी गरेको छ ।
पार्टीको केन्द्रीय कार्यक्रमअनुसार पूर्वी बागमती ब्युरोअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. १३ मा रहेको राष्ट्र उत्थान लघुवित्तमा तालाबन्दी गरिएको र तालाबन्दी गर्नुपर्ने कारण खुलाई कालो ब्यानर टाँसिएको जानकारी पार्टी जिल्ला इन्चार्ज विनयराज शर्माले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :