पाल्पाको आरम्भ चौतारी लघुवित्तमा नेकपा (बहुमत) को तालाबन्दी

पाल्पाको आरम्भ चौतारी लघुवित्तमा नेकपा (बहुमत) को तालाबन्दी

पाल्पा : पाल्पाको माथागढी गाउँपालिकास्थित झडेवामा रहेको आरम्भ चौतारी लघुवित्त संस्थामा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को न्याय विभागले तालाबन्दी गरेको छ । नेकपा (बहुमत) केन्द्रीय समितिको निर्णयअनुसार लुम्बिनी ब्युरोले ब्युरो मातहतका जिल्लाका जनतामारा लघुवित्तमा तालाबन्दी गर्ने क्रममा पाल्पाको आरम्भ लघुवित्तमा तालाबन्दी गरिएको पार्टीले जनाएको छ ।
पार्टीले ‘आरम्भ चौतारी लघुवित्त संस्थामा तालाबन्दी किन ?’ शीर्षकमा ब्यानर पनि टाँसेको छ । उक्त ब्यानरमा १. दलित, गरिब, उत्पीडित महिला दिदीबहिनीहरूसित चर्को मिटरब्याज र अनावश्यक हर्जना असुल गरेकाले । २. समूहका महिला दिदीबहिनीहरूलाई मानसिक यातना दिई आत्महत्याका लागि दुरुत्साहन गरेकाले । ३. महिला दिदीबहिनीलाई गालीबेइज्जती र अभद्र व्यवहार गरेकाले । ४. समूहका महिला दिदीबहिनीहरूको भौतिक सामान लुटपाट गर्नेलगायत आतङ्क मच्चाएकाले तालाबन्दी गरिएको उल्लेख छ ।
नेकपा (बहुमत) पाल्पाले जनताको सम्पत्ति फिर्ता गर्न, पीडितहरूको ऋण मिनाहा गरी लघुवित्तीय संस्था नै खारेज गर्न मागसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :