उदयपुरको नयाँ सारथी लघुवित्तमा नेकपा (बहुमत) को तालाबन्दी

उदयपुरको नयाँ सारथी लघुवित्तमा नेकपा (बहुमत) को तालाबन्दी

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) उदयपुरले जनतामारा लघुवित्त कार्यालयहरूमा तालाबन्दी गर्न सुरु गरेको छ ।
यसै क्रममा पार्टीको पूर्वी ब्युरोअन्तर्गत उदयपुरले जनताको सहभागितामा उदयपुरको सदरमुकाम गाईघाटस्थित मोतीगडामा रहेको नयाँ सारथि नेपालनामक लघुवित्त संस्थाको कार्यालयमा तालाबन्दी गरिएको जनाएको छ । तालाबन्दीपछि पार्टीका नेता, कार्यकर्ता र लघुवित्तपीडित जनताले लघुवित्तविरोधी नारा लगाएका थिए ।
पार्टीले दिएको जानकारीअनुसार जनतामारा लघुवित्तको कार्यालयमा कालो ब्यानर पनि टाँगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :