वन कार्यालयमा आगजनी / कर्मचारी बाँधेर लडाइए

काठमाडौं : सागरनाथ वनपरियोजनाको सर्लाही सहायक वन कार्यालयमा आगजनी भएको छ । आगजनी गर्नु अघि एक समूहले कार्यालयमा रहेका कर्मचारीहरुलाई बाँधेर लडाएका थिए । सोमबार साँझ ८ : ३० बजे भएको आगजनीका कारण कार्यालयमका सम्पूर्ण कागजात र फर्निचर जलेर नस्ट भएका छन् । हरिऔन नपा–६, घुर्कौलीमा रहेको सो सागरनाथ वनपरियोजनाको सहायक कार्यालयले गतवर्ष टाँगिया वस्तीका सुकुमबासीलाई दमन गरेको थियो । त्यसैले बदलामा सुकुमबासी पक्षले आगजनी गरेको आशंका छ । तर घटनाको जिम्मेवारी मंगलबार विहानसम्म कसैले लिएको छैन ।

 २०७४ भदौ २७ गते ९ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :