विरगञ्जमा बम विष्फोट

सुदर्शनराज पाण्डे/विरजञ्जः २ नं. प्रदेशको चुनावको मिति नजिकिंदै गर्दा बम विष्फोटका घटनाहरु बढ्दै गइरहेका छन् । यसैबीच सोमबार राती पर्सा जिल्लाको बहुदरमाई गाउँपालिका मतदान केन्द्र र विरगञ्ज मनपा ८, आदर्शनगरस्थित संघीय समाजवादी फोरमका वडा अध्यक्षका उम्मेदवार रमाकान्त चौरसियाको घर अगाडि बम विष्फोट भएको छ । चौरसिया निर्माण व्यवसायी संघ पर्साका अध्यक्षसमेत हुन् । यसैगरी पूर्वसभासद इस्लाम हवारीलाई गिरफ्तार गर्न गएको प्रहरीले निजलाई नभेटेपछि उनका कान्छा छोरा शाहरुख हवारीलाई गिरफ्तार गरेको छ । विरगञ्जस्थित घरमा बसिरहेको अवस्थामा शाहरुखलाई सोमबार राती प्रहरीले गिरफ्तार गरेको हो ।

२०७४ भदौ २७ गते १०ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :