मोरङमा २८ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मोरङमा २८ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मोरङ

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मोरङले २८ औ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

मोरङ जिल्लाको सुन्दर हरैंचा नगरपालिका स्थित मुस्लिम बस्तीमा सोमबार सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अथिति पार्टीका नवौं महाधिवेशन आयोजक समितिका सदस्य तथा मोरङ सुनसरी इन्चार्ज नरेशले नेपाली कम्युनिस्ट आन्दोलन र जनयुद्धले स्थापित गरेका मूल्य र मान्यताहरुको स्मरण गराउँदै दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना नभएसम्म राष्ट्र र जनताको मुक्ति सम्भव नरहेको बताए । उनले वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाका लागि क्रान्तिको आँधी बेहरीसहित त्यसको नेतृत्व नेकपा (बहुमत) ले गर्ने बताउँदै परिवर्तका पक्षधर सम्पूर्ण जनताहरु क्रान्तिको झण्डामुनी गोलबन्द हुन अपरिहार्य रहेको समेत व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता मोरङ जिल्ला संयोजक सिर्जनले गरेका थिए भने सञ्चालन जिल्ला सदस्य गणेशले गरेका थिए । कार्यक्रममा चियापानसहित सहभागीबीच शुभकामना आदानप्रदान गरिएको थियो ।

त्यसैगरी सुनसरी जिल्लाको इटहरीमा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) ले २८ औ जनयुद्ध दिवसको अवसरमा संयुक्तरुपमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम सुरु हुनुभन्दा अगाडि वृहद ¥याली शुरु भएर नगर परिक्रमा गर्दै इटहरी उपमहानगरपालिका कार्यालय भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रमलाई क्रान्तिकारी माओवादीका प्रदेश समिति सदस्य पारस लिम्बु तथा केन्द्रिय सदस्य डिल्ली बोहरा र नेकपा (बहुमत) का सुनसरी जिल्ला संयोजक खगेन्द्रले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन भानु प्रदेशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :