चितवनमा २८ औँ जनयुद्ध दिवस भव्य रूपमा मनाइयो

विभिन्न पार्टी परित्याग गरी ३६ जना युवा नेकपा (बहुमत) मा समाहित

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला सङ्गठन समिति चितवनले २८ औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना आदानप्रदानसहित चियापन कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार भरतपुर महानगरपालिकास्थित सप्तगण्डकी कलेजमा जनयुद्ध दिवसका अवसरमा नाचगानसहित आयोजित उक्त कार्यक्रममा ३६ जना युवा विभिन्न पार्टी परित्यग गरी नेकपा (बहुमत) चितवनमा ध्रुवीकृत भएका छन् । सोही कार्यक्रममा चुनाव अवज्ञाको समयमा गिरफ्तार भएका शेरबहादुर भण्डारी ‘भुबल’ र जियन दरै ‘जेना’ लाई सम्मानपत्र हस्तान्तरण गरेर सम्मान गरिएको थियो ।

कार्यक्रममा किरन चौधरी, आशीष तामाङ, साजन केसी, अजित सुनार, मधु आचार्य, रोशन मगर, बन्दु चौधरी, शङ्कर नेपाली, पूजन चौधरी, रवि सुनार, गणेश क्षेत्री, सुदीप दमाई, मनीष कार्की, श्रीकृष्ण न्यौपाने, यमराज भण्डारी, समिन चौधरी, सुरेन्द्र चौधरी, राजीव विक, राज गुरुङ, विवेक तिमिल्सिना, सन्देश चौधरी, अशोक चौधरी, हिमांशु चौधरी, आकाश महत क्षेत्री, बिक्की परियार, सुवास तामाङ, विमल तामाङ, विनोद तामाङ, भरत थापामगर, युनिक क्षेत्री, किस्मिता श्रेष्ठ, सरोज गुरुङ, मनीष हमाल, निर्देश विकलगायत ३६ जना विभिन्न पार्टी परित्याग गरी नेकपा (बहुमत) मा समाहित भएका छन् ।

२८ औँ महान् जनयुद्ध दिवस नेकपा (बहुमत) महाधिवेशन आयोजक समितिका सदस्य तथा चितवन जिल्ला इन्चार्ज महेशको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमका अतिथिहरूमा महाधिवेशन आयोजक समिति सदस्य तथा जनयुद्धका घाइते/अपाङ्गका केन्द्रीय सदस्य रणदीप, पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य, केन्द्रीय प्रकाशन ब्युरो सदस्य एवम् रातो खबर प्रतिनिधि आशिष, अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष हीरामणि, महानगर इन्चार्ज जीवन, इच्छाकामना इन्चार्ज लोकराज, कालिका इन्चार्ज.ज्योति, रत्ननगर इन्चार्ज राम, माओवादी आन्दोलनका अग्रज व्यक्तित्व विप्लव, क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष प्रेम कँडेल, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य विकल्प, अखिल नेपाल महिला सङ्गठनकी जिल्ला अध्यक्ष विमला शेर्पालगायत पार्टीका सचिवालय, जिल्ला सदस्य, पार्टीका विभिन्न समितिमा रहेका सदस्य तथा जनसमुदायको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा सहभागीबीच शुभकामना आदानप्रदान गरिएको थियो ।

प्रमुख अतिथि महाधिवेशन आयोजक समितिका सदस्य तथा चितवन जिल्ला इन्चार्ज महेशले अहिलेको संसद्‌वादी कम्युनिस्टलाई नक्कली र लुटेराहरूको संज्ञा दिँदै जनयुद्धका क्रममा सहिद, बेपत्ता, घाइतेहरूको स्मरण गरेका थिए । उनले यही व्यवस्था रहेसम्म दलाल रहने भएकाले दलाल संसदीय व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्नुपर्ने बताए । उनले जनयुद्धका नाममा लुटिखाने भ्रष्ट कम्युनिस्टहरूलाई हजाराैँ जनताका बीचमा नाङ्गेझार बनाउनुपर्ने र त्यसको नेतृत्व नेकपा (बहुमत) ले गर्नुपर्ने बताए । साथै उनले देश र जनताले मुक्ति नपाएसम्म सङ्घर्ष गर्ने, दलाल र भ्रष्टहरूले नमाने फेरि अर्को जनयुद्ध भए त्यसको जिम्मेवार स्वयम् संसदीय दलाल शक्ति हुनेसमेत जिकिर गरे ।

नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा चितवन जिल्ला संयोजक विजय शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महाधिवेशन आयोजक समिति सदस्य रणदीपले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन मित्र केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :