रौतहटमा शक्तिशाली बम विष्फोट / चुनाव प्रचारप्रसार टोली आतंकित

काठमाडौं : स्थानीय तहको तेस्रोे चरणको चुनाव नजिकिंदै गर्दा २ नम्वर प्रदेशमा  बम विष्फोटका घटना बढ्दै गइरहेका छन् । यसैविच रौतहट, चन्द्रनिगाहापुर नगरपालिका २,स्थित फुलबारी बुुथकेन्द्रमा मंगलबार विहान करिब ५ बजेतिर शक्तिशाली बम विष्फोट भएको छ । बुथकेन्द्र नजिकै बम विष्फोट हुँदा चुनाव प्रचारप्रसारमा रहेका टोलीहरू  आतंकित भएको बताइएको छ । घटनास्थलतर्फ सुरक्षाकर्मीका ३ वटै अंग गइरहेको हाम्रा रौतहट संवाददाताले बताएका छन् । बम विष्फोटको जिम्मा हालसम्म कसैले लिएकोे छैन ।

२०७४ भदौ २७ गते ६: ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :