चितवनमा २८ औँ जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन

चितवनमा २८ औँ जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवनका नेता तथा कार्यकर्ताले आइतबार साँझ भरतपुर महानगरपालिकाको चौबिसकोठीमा २८ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा मैनबत्ती बालेर दीप प्रज्वलन गरेका छन् । नेकपा (बहुमत) चितवनका नेता–कार्यकर्ताले दीप प्रज्वलनपछि जिल्ला सदरमुकाममा आयोजित कोणसभामा उत्पीडित नेपाली जनता र देश मुक्त नभएसम्म जनयुद्ध जारी रहने उद्घोषसमेत गरेका छन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवनका जिल्ला इन्चार्ज महेश चौधरी, संयोजक विजय शर्मा, महानगर इन्चार्ज जीवन, महानगर संयोजक काका र पार्टी जिल्ला समिति सदस्यहरूलगायत सयौँ सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा नेकपा (बहुमत) जिन्दावाद, २८ औँ जनयुद्ध दिवस भव्यतापूर्वक मनाऔँ, वीर सहिदहरू लालसलामलगायत नारा लगाइएको थियो ।

२८ औँ जनयुद्ध दिवसका अवसरमा आज (सोमबार) बिहान ११ बजे पार्टीको आयोजनामा सप्तगण्डकी कलेजमा चियापान कार्यक्रम आयोजना गरिएको नेकपा (बहुमत) चितवनले जनाएको छ ।

यसैगरी नेकपा (बहुमत) नवलपुरले पनि जिल्लाको विभिन्न स्थानहरूमा नेता–कार्यकर्ताले २८ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा २८ वटा मैनबत्ती बालेर दीप प्रज्वलन गरेको जिल्ला इन्चार्ज प्रेमले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :