मोरङमा २८ औँ जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन

मोरङमा २८ औँ जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मोरङका नेता तथा कार्यकर्ताले आइतबार साँझ सुन्दर हर्रैचा नगरपालिकाको विराटचौकमा २८ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा मैनबत्ती बालेर दीप प्रज्वलन गरेका छन् ।

दीप प्रज्वलनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टीका मोरङ संयोजक सिर्जनले दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य नभएसम्म समाजवादी क्रान्तिका लागि निरन्तर लडिरहने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का मोरङ जिल्ला संयोजक सिर्जनको नेतृत्वमा पार्टी जिल्ला समिति सदस्यहरू तथा सर्वसाधारणहरुको उपस्थितिरहेको थियो ।

कार्यक्रमको अन्त्यमा नेकपा (बहुमत) जिन्दावाद, २८ औँ जनयुद्ध दिवस भव्यतापूर्वक मनाऔँ, वीर सहिदहरू लालसलामलगायत नारा लगाइएको थियो ।

त्यसैगरी सुनसरीको इटहरीमा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त आयोजनामा तथा झापा र उदयपुरमा पनि दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको पार्टी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :