ट्रेड युनियन महासङ्घ रूपन्देहीको अध्यक्षमा अनिल

ट्रेड युनियन महासङ्घ रूपन्देहीको अध्यक्षमा अनिल

रूपन्देही : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ रूपन्देहीको भेलाले अनिल रानाको अयक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।भेलामा महासङ्घका केन्द्रीय अध्यक्ष विनोद थापा प्रमुख अतिथि थिए भने अतिथिहरूमा पार्टीका रूपन्देही जिल्ला इन्चार्ज प्रवेश, जिल्ला संयोजक विजय, नवलपरासी जिल्ला संयोजक दीप, गुल्मी जिल्ला संयोजक सन्तोष, अखिल नेपाल महिला सङ्गठन लुम्बिनी ब्युरो संयोजक रञ्जिता, युवा जनस्वयम्सेवकका जिल्ला अध्यक्ष बालेन, महिला सङ्गठनकी जिल्ला अध्यक्ष शीतल, कर्मचारी सङ्गठनका जिल्ला संयोजक विधानलगायत पार्टी, जवस र मोर्चाका नेता–कार्यकर्ता सहभागी थिए । अनिलको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन पारसले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :