नेकपा (बहुमत) धादिङद्वारा पार्टी सल्लाहकार अधिकारीप्रति श्रद्धाञ्जली

नेकपा (बहुमत) धादिङद्वारा पार्टी सल्लाहकार अधिकारीप्रति श्रद्धाञ्जली

काठमाडौँ:नेकपा (बहुमत) धादिङले पार्टी जिल्ला सल्लाहकार समितिका सदस्य धर्मराज अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज रामबहादुर श्रेष्ठ र जिल्ला संयोजक सागर तामाङले शोक विज्ञप्ति जारी गरी यही माघ २३ गते निधन भएका अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
२०२७ सालमा विद्यार्थी सङ्गठन अखिलमा सङ्गठित भएर राजनीतिक यात्रा आरम्भ गरेका अधिकारी २०३६ सालमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र २०३८ सालमा नेकपाको सदस्य भई काम गरेको र निरन्तर पार्टी र क्रन्तिका पक्षमा लामबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा शोकसन्तप्त अधिकारी परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :