धनुषामा शिक्षकहरु पक्राउ / रिहाइ नगरे कडा आन्दोलन गर्ने

जगदिश राय

काठमाडौं :  धनुषा प्रहरीले आइतबार दिउँसो शिक्षकहरु पलट महत्तो र जगदिश रायलाई पक्राउ गरेको छ । अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लालबहादुर बि.सीले आफ्ना कार्यकर्ताहरुलाई विनाकारण गिरफ्तार गर्ने सरकारको तानाशाही रवैयाको घोरभत्र्सना गर्नुभएको छ । अध्यक्ष बि.सीले आइतबार दिउँसो घरमा बसिरहेको बेला आफ्नो संगठनका केन्द्रीय सदस्य पलट महतो र धनुषा जिल्ला अध्यक्ष जगदिश रायलाई प्रहरीले गिरफ्तार गरी धनुषा प्रहरी कार्यलयको हिरासतमा राखेकोप्रति निन्दा गर्नुभएको छ । गिरफ्तार गरिएका शिक्षकहरुलाई तुरुन्त रिहाइ गर्न माग गर्नुभएको छ अन्यथा गिरफ्तार गरिएका कार्यकर्ताहरुलाई रिहाइ नगरे कडा आन्दोलन गर्न बाध्य हुने बि.सीको विज्ञप्तिमा उल्लेख छ ।

२०७४ भदौ २६ गते १८ : १७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :