भ्रष्ट पञ्च फेरि मन्त्री


काठमाडौं : दाहाल–देउवा गठबन्धन सरकारको मन्त्री मण्डलमा ५४ औं मन्त्रीका रुपमा मण्डले पृष्ठ भूमिका दीपक बोहोरा फेरि मन्त्री भएका छन् । नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा निगमका प्रमुख गोपाल खड्कासँग भ्रष्टाचारमा सलग्न भएको आरोप लागिरहेका बेला बोहोरा विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएका छन् । सरकारमा जाने वा नजाने भन्ने विवादले राप्रपा (राणा पक्ष) सरकारमा सहभागी भएको हो । राप्रपा (थापा समूह) भने सरकारमा नजाने र संविधान संशोधन प्रक्रियामा सहभागी नहुने अडानमा छ । बोहोरासहित ४ मन्त्री थपिएपछि २०५२ सालको ४८ सदस्यीय मन्त्रीमण्डको तथ्याङ्क तोडेर ५४ सदस्यीय बनेको छ ।

२०७४ भदौ २६ गते १५ : ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :