सुन तस्करीमा गृहप्रतिनै आशंका

काठमाडौं : प्रहरीले गत साता क्षेत्रपाटीबाट बरामद गरेको ८८ किलो सुन रसुवागढी नाका हुँदै भित्रिएको थियो । सो बरामद सुनका मुख्य मालिक अझै पक्राउ परेका छैनन् । सरकारी गठबन्धनका दलहरुको मौनतालाई रहस्यका रुपमा हेरिएको छ । रसुवा भन्सार, सशस्त्र प्रहरी, जनपथ प्रहरी र ३ स्थानमा सेनाको जाँच चौकी छिचोलेर मात्र त्रिशुली आउनुपर्छ । त्यसपछि पनि राजधानी पुग्न आधा दर्जन जाँचचौकी कट्नुपर्छ । तसर्थ त्यत्रो जाँचचौकी छलेर ८८ किलो सुन क्षेत्रपाटी पुग्दासमेत बरामद नहुनुमा साँठगाँठ, लापरवाही वा अदृश्य दबाव के कारण छ ? छानविन हुनुपर्ने हो । तर सोे दिशामा सिन्को भाँचिएको छैन । गृहमन्त्री जनार्दन शर्माले गम्भीर अनुशन्धान भैरहेको बताएका छन् । प्रमुख प्रतिपक्षी एमालेले दोशीमाथि कारबाहीको माग गरेको छ । तर सोही प्रकृतिको मुद्धामा बदनाम नेता वामदेव गौतमलगायतका नेता एमालेमा छन् । गृहमन्त्रीसहित वरिष्ठ कांग्रेस–माके नेताहरु भने अझसम्म मुख खोलेका छ्रैनन् । त्यसैले अहिलेसम्मकै सबैभन्दा ठुलो परिमाणको सुन तस्करीमा गृहमन्त्रालयकै हात रहेको आशंका बढ्दै गएको छ ।

२०७४ भदौ २६ गते २ : ४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :