अखिल(क्रान्तिकारी) रुकुम सम्मेलन सम्पन्न

जानकी दहित / दाङ : ‘दलाल संसदीय व्यवस्थाको खारेजका लागि एकीकृत जनक्रान्तिको अभियान ! वैज्ञानिक शिक्षा र जुझारु संगठन निर्माणका लागि १४ औं जिल्ला सम्मेलन!!’ मूल नाराका साथ अखिल (क्रान्तिकारी) रुकुमको २४ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट सुरेन्द्र बस्नेतको अध्यक्षतामा  १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिएको छ । जसको उपाध्यक्ष कृष्ण बुढाथोकी, सचिव प्रेमप्रसाद बोहरा, सहसचिव हरि बिष्ट, कोषाध्यक्ष हरि पुन सर्वसम्मत  निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रुकुमको जिल्ला  सम्मेलनको उद्घाटन सभा हुनु अघि जुलुशले मुसिकोट खलंगाको बजार परिक्रमा गरेको थियो  ।

सभालाई सम्बोधन गर्दै ‘नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सितलले सिंहदरबारको अधिकार गाउँगाउँमा होइन सिंहदरबारको दमन, शोषण, भ्रष्टाचार गाउँगाउँमा पुगेको’ बताउनुभयो । कार्यक्रममा नेकपाका वैकल्पिक केन्द्रीय सदस्य तथा रुकुम जिल्ला इन्चार्ज अटल, अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष पूर्ण सिंह, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा राप्ती ब्यूरो संयोजक नरेन्द्र विकलगायतले मन्तव्य राखेका थिए ।

२०७४ भदौ २६ गते १३ : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :