अखिल क्रान्तिकारी जाजरकोटको अध्यक्षमा सुनिल सिंह निर्वाचित

अखिल क्रान्तिकारी जाजरकोटको अध्यक्षमा सुनिल सिंह निर्वाचित

जाजरकोट/नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी जाजरकोटको २१ औँं जिल्ला सम्मेलनले सुनिल सिंह ‘विशाल’ को अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जिल्ला समितिमा उपाध्यक्ष शान्त विक र प्रेम केसी, सचिवमा टपेन कार्की, सहसचिवमा विपना सिंह, कोषाध्यक्षमा एकता आचार्य निर्वाचित भएका छन् । सम्मेलन नलगाड नगरपालिका दल्लीमा सम्पन्न भएको हो ।

सम्मेलनका प्रमुख अतिथि सङ्गठनका केन्द्रीय अध्यक्ष मिलन राई, विशेष अतिथिमा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज पहलबहादुर रावत ‘सङ्गम’, जाजरकोट–डोल्पा इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’, सङ्गठनका केन्द्रीय कोषाध्यक्ष तथा सुदूरपश्चिम–कर्णाली प्रदेश कमान्ड इन्चार्ज दीपक बिष्ट, सङ्गठनका केन्द्रीय सचिवालय सदस्य डीबी शाही, नागरिक समाज जाजरकोटका अगुवा राजेन्द्रविक्रम शाह, सङ्गठनका पूर्वअध्यक्ष नयनबहादुर राना र तिलक बिष्टको आतिथ्य रहेको थियो । पार्टी जिल्ला समितिका नेता–कार्यकर्ता र सयौँ विद्यार्थीको सहभागितामा पन्चेबाजासहित सम्मेलन उद्घाटन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :