साम्राज्यवादको प्रविधि आतङ्क

साम्राज्यवादको प्रविधि आतङ्क

२०१३ मा हलिउडमा एउटा फिल्म बन्यो— जेट स्ट्रिम । त्यसमा अमेरिकामा प्रत्येक वर्ष टोर्नोडोले गर्ने क्षतिबाट कसरी बच्न सकिन्छ भन्ने खोजलाई आधार बनाइएको छ । पेन्टागनले एकजना मौसम वैज्ञानिक स्टेव सन्निसनलाई अपहरण गरी हेडक्र्वाटरमा लैजान्छन् जसको मुख्य भूमिका उनीहरूको असफल मिसनलाई सफल पार्ने रहेको छ । उनीहरू सम्भावित टोर्नोडोलाई रोक्न सक्ने हुन्छन् तर यसरी सफल भएको मिसन पेन्टागनमा रहेका एकजना मेजर डोन माइकेल पाउल जो उक्त मिसनका प्रमुख हुन्छन् उनको नियत खराब भएकाले अन्त्यमा स्टेव सन्निसनले असफल बनाइदिन्छन् । आकाशमा न्यूनचापीय वायुमण्डलका कारण बन्ने आँधी टोर्नोडोलाई आकाशमा नै विस्फोट गरेर नष्ट गर्न सकिने खोजमा यो चलचित्र घुमेको छ ।

त्यही वर्ष अर्को चलचित्र हलिउडमा सार्वजनिक भयो— ग्य्राभिटी । डाक्टर रायन र उनका साथीहरू स्पेस क्राफ्ट अपग्रेड गर्न पृथ्वीको कक्षमा गएका हुन्छन् जहाँ गुरुत्व शून्य हुन्छ । तर त्यहाँ समस्या आएपछि रायन स्पेस क्राफ्ट नै नष्ट गरेर पृथ्वीमा फर्किन्छिन् ।

भौतिक शास्त्र र मेसिनलाई कृत्रिम बौद्धिकता (एआई) मा केन्द्रित रहेर काम गरिरहेका प्रोफेसर म्याक्स टेगमार्कले २०१७ मा एउटा पुस्तक लेखे । त्यसको नाम हो ‘लाइफ ३.० बिइङ ह्यम्यान इन द एज अफ आर्टिफिसियल इन्टलिजेन्स’ । विज्ञान प्रविधिप्रति चाख राख्नेका लागि यो पुस्तक पढ्न लायक छ । सिद्धान्तमा क्रान्तिको कुरा गर्ने तर वर्तमान विश्व प्राविधिक चरित्र कस्तो छ भन्ने जानकारी नराख्ने अझ अगाडि भन्नु पर्दा प्रविधि र सूचना प्रविधिमा भएको क्रान्तिका कारण क्रान्ति सम्भव छैन भन्दै भाग्नेहरूले झनै पढ्न जरुरी छ ।

२०२० मा एकजना माक्र्सवादी विश्लेषक इलेकान गुरानले कोभिड—१९ र पुँजीवादको भविष्यनामक पुस्तक प्रकाशित गरे । उनले यसमा कोभिडका नाममा पुँजीपतिहरूले कसरी प्रविधिको दुरूपयोग गरेर नयाँ ब्रह्मलुट कायम गरे भन्ने तथ्यहरूलाई सङ्गतिपूर्ण तरिकाले प्रस्तुत गरेका छन् । उनले यी तथ्यहरूलाई डाटा पुँजीवादको उदय, डाटा र निगरानीमा पुँजीवादी प्रकोप, नवउदारवादको उद्धारमा डाटा पुँजीवाद, डाटा पुँजीवाददेखि साम्राज्यवादसम्म, कोभिड— १९ सङ्क्रमण र वातावरणीय साम्राज्यवाद, चिकित्सा साम्राज्यवाद र भूराजनीतिक द्वन्द्वको गहनता शीर्षकमा उजागर गरेका छन् ।

मूल रूपमा १९७६ देखि प्रविधिलाई आफ्नो कब्जामा लिएको पुँजीवादले यसलाई एकातिर श्रमजीवी जनतामाथि शोषण गर्ने माध्यम बनाएको छ भने अर्कोतिर उत्पीडित राष्ट्र र जनतामा त्रास पैदा गरेको छ । माक्र्सवादको छिपछिपे ज्ञान हुने, क्रान्तिबाट भाग्ने, प्रविधि र विचार वा दर्शनसँगको सम्बन्धलाई सही तरिकाले नबुझ्ने कम्युनिस्टहरू विश्वपुँजीवादको यो रबैयाबाट हायलकायल भएका छन् ।

यी ४ वटै प्रसङ्गमा एउटा कुरा साझा छ प्रविधिले विनाश निम्त्याइरहेको छ । यसैलाई आधार बनाएर अहिलेको भूमण्डलीकृत साम्राज्यवादले आफ्नो लुटको स्वर्ग कायम गरेको छ । यसका लागि जानेर वा नजानेर पछिल्ला चर्चित वैज्ञानिकहरूले पुँजीवादको पक्ष लिएका छन् । यो शताब्दीको सबैभन्दा महान् वैज्ञानिक भनेर चिनिएका र भौतिकवादको वकालत गर्ने स्टेफिन हकिङले आफ्नो आत्मकथा ‘जीवन र समय’ मा एउटा प्रसङ्गमा स्टालिन र हिटलर दुवैलाई सबैभन्दा घातक तानाशाहका रूपमा प्रस्तुत गरेका छन् । त्यसैगरी म्याक्स टेगमार्कले पनि स्टालिनलाई खतरनाक तानाशाहका रूपमा प्रस्तुत गरेका छन् । यी कुराहरूको खण्डनमण्डन कुनै माक्र्सवादीहरूले गरेको पाइएको छैन ।

पछिल्ला त्रासदीहरू

विश्वपुँजीवाद वा भूमण्डलीकृत साम्राज्यवादले प्रविधिलाई आफूमैत्री प्रयोगमा ल्याएको छ । तर अर्को वर्गमाथि त्रासका रूपमा प्रयोग गरेको छ । ती त्रासदीहरू केके हुन् त ? यसका बारेमा सामान्य छलफल गरौँ ।

आत्मघात (सेल्फ डिस्ट्रक्सन)

उनीहरूले प्रविधिको आविष्कारले आफूलाई पुँजी निर्माण र बाँकी माानव समाजलाई विनाश गर्ने रूपमा प्रस्तुत गर्ने गर्दछन् । जस्तै ः सुपरइन्टेलिजेन्स कहिल्यै सिर्जना हुँदैन, आणविक युद्ध ः मानव लापरबाहीका कारण भएको भन्दछन् । उनीहरू हालको टेक्नोलोजीले अनुमति दिने सबैभन्दा ठूलो जोखिमको नजिकबाट परीक्षण अर्थात् विश्वव्यापी थर्मोन्युक्लियर युद्ध मान्दछन् । वास्तवमा १९४५ जुलाई १६ मा रोबर्ट ओपेन्हिमेरले परमाणु बम बनाएर त्यसलाई अमेरिकाले सोभियत सङ्घसहितका समाजवादी देशलाई तर्साउनका लागि त्यसै वर्षको अगस्त ६ र ९ मा हिरोसिमा र नागासाकीमा विस्फोट गरेको थियो । बम बनाइसकेपछि रोबर्टले भनेका थिए, ‘विश्वलाई नष्ट गर्न मलाई मृत बनाइयो ।’ तर तत्कालीन अमेरिकी राष्ट्रपति हेरी ट्रुम्यानले बढो क्रूरताका साथ भनेका थिए, ‘यो एउटा डरलाग्दो जिम्मेवारी हो जुन हामीमाथि आएको छ ।’ अहिले तिनै ट्रुम्यानका सन्ततिहरूले त्रास उत्पन्न गरिरहेका छन् । उनीहरूले विज्ञानप्रविधिको विकाससँगै अझ सूचनाप्रविधिको विकास र त्यसको पहुँच जनसाधारणमा पुग्दै गर्दा अर्को भयानक त्रास पैदा गरेका छन्, कम्प्युटर खराबी, पावर विफलता, त्रुटिपूर्ण बुद्धिमत्ता, नेभिगेसन त्रुटि, बम्बर दुर्घटना, उपग्रह विस्फोट र तिनीहरूको परिणाम । वास्तवमा भासिली अर्खिपोभ (६० को दशकमा अमेरिकालाई निसाना गरी क्युबामा राखिएको मिसाइललाई लन्च गर्नबाट रोकेका थिए) र स्टानिस्लाभ पेट्रोभले पहिले नै विश्वव्यापी आणविक युद्ध हुनसक्ने दुर्घटनालाई रोकेका थिए । दुर्घटनात्मक आणविक युद्धको वार्षिक सम्भावना एक हजारमा एकजत्तिकै कम हुने सम्भावना छैन । परमाणु प्रविधि र नाविक प्रविधि अति वैभवशाली, शक्तिशाली देशहरूमा मात्र सीमित नभएर सामान्य देशमा पनि पुगेकाले वास्तवमा आणविक विश्वयुद्ध भएको छैन । आधुनिक ट्रुम्यानहरूले बुझ्नुपर्दछ– प्रविधिलाई कसैले रोक्न सक्दैन र यसले विनाश निम्त्याउने हैन, विकास भित्र्याउँछ ।

ती स्वघोषित मानवतावादीहरूले एउटा अचम्मको भ्रम उत्पन्न गरेका छन्– विकिरण जोखिम कम गर्न र युरेनियम ह्यान्डलिङ र आणविक परीक्षणबाट विकिरणको जोखिमबाट पीडितहरूलाई बचाउन अमेरिकाले ४२ बिलियन क्षतिपूर्ति भुक्तान गरेको छ । सही कुरा हो– हाइड्रोजन बम जानाजानी पृथ्वीबाट सयौँ किलोमिटर माथि विस्फोट गराएमा शक्तिशाली विद्युत् चुम्बकीय पल्स (EMP) बन्ने छ जसले विशाल क्षेत्रहरूमा उपकरणहरू, पूर्वाधार पक्षाघात, सडकहरू छोडेर अशक्त सवारी साधनहरू र आणविक–पछि विद्युतीय ग्रिड र इलेक्ट्रोनिक असक्षम पार्न सक्छ । उदाहरणका लागि, यूएस EMP आयोगले गरेको रिपोर्टअनुसार ‘पानीमा आधारित पूर्वाधार एक विशाल मेसिनका रूपमा रहेको छ, आंशिक रूपमा गुरुत्वाकर्षणद्वारा र अधिकतर बिजुलीद्वारा सञ्चालित छ’ र त्यही पानी अस्वीकार गर्दा तीनदेखि चार दिनमा मृत्यु हुनसक्छ । पृथ्वीको ४०० किलोमिटरमाथि एउटै हाइड्रोजन बम विस्फोटले शक्तिशाली विद्युत् चुम्बकीय पल्स निम्त्याउन सक्छ जसले विशाल क्षेत्रमा बिजुली प्रयोग गर्ने प्रविधिलाई अपाङ्ग गर्न सक्छ ।

दक्षिणपूर्व बिन्दुमा भएको विस्फोटले केरा आकारको क्षेत्र प्रतिमिटर ३७,५०० भोल्टभन्दा बढी ऊर्जाले यूएसको पूर्वी तटको अधिकांश प्रभाव पार्न सक्छ । तेस्रो, आणविक शीतकालीन सम्भाव्यता चार दशकसम्म ६३,००० हाइड्रोजन बम तैनाथ भैसकेका छन् । उफ् ! ट्रुमरजस्ता मानवताविरोधी शासकले चाहे उसैको सहर होस् जल्नेछ, माथिल्लो ट्रपोस्फियर (वायुमण्डलको तल्लो सतह) मा पुग्ने धुवाँको ठूलो मात्रा फैलिन सक्छ । बर्सौंका लागि गर्मीको तापक्रमले हाम्रो अधिकांश खाना उत्पादनलाई हटाउनेछ । हजारौँपछि के हुनेछ भनेर भविष्यवाणी गर्न गाह्रो हुनेछ । पृथ्वीका ठूला सहरहरू भग्नावशेषमा सीमित हुनेछन् र विश्वव्यापी पूर्वाधार ध्वस्त हुनेछन् । तर सबै मानवहरूको सानो अंश मात्र भोकमरीमा पर्नेछैन, हाइपोथर्मियाजस्ता रोग र खानाका लागि सशस्त्र गिरोहहरूसँग सामना गर्न आवश्यक हुनेछ ।

प्रलयको दिन यन्त्रहरू

त्यसो भए के हामी मानवहरूले वास्तवमा ओम्निसाइड (सामूहिक आत्महत्या गर्ने) बन्द गर्न सक्छौँ ? विश्वव्यापी आणविक युद्ध भए पनि सबै मानिसको ९०% मार्न सक्छ । धेरै वैज्ञानिकहरू १०० प्रतिशत नै मर्न नसक्ने अनुमान गर्छन् । अर्कोतर्फ परमाणुको कथा विकिरण, आणविक EMP र आणविक जाडो निम्त्याउने सबैभन्दा भयानक खतराका बारेमा हामीले सोचेकै छैनौँ । यो अविश्वसनीय रूपमा गाह्रो हुनेछ । आणविक जाडो, पूर्वाधारको पतन, उन्नत उत्परिवर्तन स्तरहरू र हतास सशस्त्र भीडहरूको सामना, नयाँ महामारी, वातावरणीय चक्रको पतन र प्रभावहरूजस्ता अन्य समस्याहरूसँग गर्नुपर्ने सामनाको कल्पना गरिएको छैन । यद्यपि मानव विलुप्त हुने भोलि आणविक युद्धको सम्भावना ठूलो छैन तर पनि हामी निर्धक्क भई यो शून्य छ भनेर निष्कर्षमा पुग्न भने सक्दैनौँ । आणविक हतियारहरूलाई जानाजानी प्रलयको दिन उपकरणमा स्तरवृद्धि गरियो भने ओम्निसाइड बाधाहरू बढ्नेछन् । एक मेसिन जसले स्वचालित रूपमा कुनै पनि शत्रुको आक्रमणका विरुद्ध सम्पूर्ण मानवताको हत्या गरेर बदला लिन्छ ।

यी त भए साम्राज्यवादले बनाएका आणविक हतियारबाट हुनसक्ने सत्यानाशको त्रास । एक्काईसौँ शताब्दीको क्रान्तिकारी आविष्कार कृत्रिम बौद्धिकता पनि सामूहिक हत्याको हतियार हुनसक्छ भन्ने तर्क गर्न थालिएको छ । यस्तो त्रासपूर्ण तर्क पेस गर्ने व्यक्ति स्टिफन हकिङ पनि हुन् । उनको तर्क छ– सुपरएआईले मान्छेलाई दुस्मन मान्नेछ र अन्धाधुन्ध आक्रमण गर्नेछ । पछिल्लोक्रममा मानवरहित विमान जो भमरा आकारका छन्— रेडियो–फ्रिक्वेन्सी आईडी ट्यागद्वारा टाढैबाट पहिचान गरिएका हुन्छन् र आफ्नै नागरिकहरूबाहेक अरू जोकसैलाई मार्न प्रयोग गर्ने गरेका छन् ।

यसको ज्वलन्त उदाहरण हो नेभेम्बर २७, २०२० मा इरानका पारमाणविक वैज्ञानिक मोहसेन फख्रिजादेहको हत्या । इजरायलले हत्या गरेको भनिएको उक्त घटना ८ महिनादेखि बनाइएको योजना थियो । एउटा ट्रकमा राखिएको सेटेलाइट अपरेटिङ एफएन एमएजी ७.२६ क्यालिभर मिडियएम मेसिन गन जसले १ मिनेटमा ६ वटा गोली ओकल्न सक्छ, त्यसद्वारा मोहसेनको हत्या गरिएको थियो । इजरायलबाट उक्त मेसिन गन, त्यसमा प्रयोग गर्ने रोबोटलाई सानासाना पार्टहरूमा छुट्ट्याएर इरानमा तस्करी गरिएको बताइन्छ । पछि इरानमा ल्याएर एसेम्ब्लिङ गरिएको थियो । ट्रकमा अत्याधुनिक रोबोटिक प्रयोग गरिएको थियो जसले मोहसेनलाई सही तरिकाले चिन्न सकोस् । मोहसेनको हत्यापछि प्रमाणहरूलाई खतम गर्न ट्रकलाई शक्तिशाली विस्फोटक पदार्थद्वारा ध्वस्त पारिएको थियो ।

यो प्रसङ्ग साम्राज्यवादले इतरअमेरिकी साम्राज्यवादी गुटमा आतङ्क उत्पन्न गर्नु हो जसले आणविक हतियार तयार पारिराखेका छन् । यी सही तथ्यहरूलाई देखाएर साम्राज्यवादीहरूले त्रास पैदा गरेका छन् । के प्रविधिको विकासले विनाश मात्र ल्याउँछ ? साम्राज्यवादीहरूले हतियारको अतिविकसित रूप परमाणु बमजडित मिसाइलहरू र प्रविधिको उच्च रूप कृत्रिम बौद्धिकतालाई सूचनाप्रविधिसँग एकाकार पारेर भयानक विनाशको भविष्य देखाएका छन्, त्यो उनीहरूको बदमासीबाहेक अरू केही होइन ।

जसरी क्लाउज स्वाबले चौथो औद्योगिक क्रान्तिको विशेषताका रूपमा भौतिक, डिजिटल र जीवविज्ञानका शब्दहरूको सम्मिश्रण भनेका छन् । यसैलाई आधार बनाएर कृत्रिम बौद्धिकता, रोबोटिक्स, इन्टरनेट वस्तु, तीन आयामिक छपाइ, जेनेटिक इन्जिनियरिङ, क्वान्टम कम्प्युटिङ र अन्य प्रविधिहरू चलेको बताइन्छ । एलियन मोस्कले १ डिसेम्बर, २०२२ को बिहान ९.०४ बजे ‘न्युरालिङ्क उपकरण मानिसको शरीरमा राख्न सक्ने कुरामा हामीलाई आत्मविश्वास जागेको छ’ भने । उनको स्टारलिङ्क नक्षत्र इन्टरनेटले अन्तरिक्षमा ४५ मिनेटमा सेवा दिने भएको छ । त्यसैगरी उनको अन्तरिक्षमा रेल लैजाने स्वप्न परियोजना पनि सार्वजनिक भएको छ । एकपटक कल्पना गरौँ त हलिउड मुभी ट्रान्सेन्डेन्सको मुख्य कलाकार विलको मृत्युपछि पनि उसको दिमागले काम गर्न सकोस् वा मोस्कका २० डिब्बे रेल यात्रु लिएर चन्द्रमा गइरहेको पङ्क्ति आकाशमा देख्न पाइयोस् ।

माक्र्सवादअन्तर्गत रहेर प्रविधि, सूचनाप्रविधि र भौतिक विज्ञानको विकासको अवधारणा सार्वजनिक भएका छैनन् । वास्तवमा भन्ने हो भने लेनिनका एक्स—रेसम्बन्धी र पछिल्लो क्रममा रेडियमका बारेमा सामान्य अवधारणा आएका छन् जब कि भौतिक विज्ञानमा भीमकाय विकासहरू भएका छन् । प्रविधिमा क्रान्ति नै भैराखेका छन् । यी पक्षहरूलाई दार्शनिक रूपले स्पष्ट नबनाईकन, संश्लेषण नगरीकन अधिभूतवादले भौतिक विज्ञानलाई गिजोलिरहन्छ । त्यसैले पछिल्लो विकास भएको प्रविधि, सूचनाप्रविधिको माक्र्सवादी अध्ययन आवश्यक रहेको छ ।

क्रमशः

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :