विप्लव र प्रचण्डले के भने ?

(२०६७ जेठ ७, ८ र १० गतेको केन्द्रीय समिति बैठकमा प्रस्तुत विचारको सम्पादित अंश, शीर्षक हामीले दिएका हौं ।)

विप्लवः

  • संविधानसभाको समय थप्ने वा नथप्ने भनेको वर्ग र सत्ता सम्बन्धी प्रश्न हो । स्पष्ट र साहसपूर्वक निर्णय दिनुपर्छ । दोधारे भाषा प्रयोग गर्नु हुँदैन । अन्तर्राष्ट्रिय शक्तिहरुसँगको सम्बन्ध विस्तार गर्न र मित्र शक्तिहरुलाई नजिक ल्याउन सकिन्छ कि भनेर शान्ति प्रक्रियामा आएका हौं । बुर्जुवा वर्ग र अन्तर्राष्ट्रिय जनतासँगको काम जति गर्ने अपेक्षा गरिएको हो त्यो पूरा भएको छ ।
  • संयुक्त मोर्चाको हतियारलाई संक्रमण र संकटलाई क्रान्तितिर लग्न चाहन्थ्यौं । तर यसलाई शोषक वर्गले कब्जा गरिसकेको छ । उसले विघटन गरिसकेको छ र समय थप्दा उसले हाम्रा विरुद्ध प्रयोग गर्नेछ । हामीले आफूले आफैंलाई चुन्ने अनैतिक कार्य गरेमा जनताले पत्याउने छैनन् । संविधानसभाले राजतन्त्रको अन्त्य ग¥यो अब उसको वरिपरि दलाल पुँजीपति वर्ग बसेको छ ।
  • संयुक्त मोर्चा भनेको प्रधान अन्तरविरोधलाई समाधान गर्ने साधन हो । नेपाली काँग्रेससँग नै जनताको प्रधान अन्तरविरोध छ र भारत त्यसको पृष्ठभागमा छ । संविधानसभा कायम गर्ने भनेको काँग्रेससँग एकता जारी राख्नु हो । प्रधान अन्तरविरोध जसले समाधान गर्छ उसैले बाँकी सबै शक्तिहरुको नेतृत्व गर्छ । अरुहरु पुच्छर मात्र बन्न सक्छन् । हामीले दलाल पुँजीवादको पुच्छर बन्ने सोच्नु हुँदैन ।

प्रचण्डः

  • भिन्न भौतिक परिवेशमा प्रवेश गरेपछि मात्रै भिन्न ढंगले सोच्ने, बुझ्ने परिस्थिति पैदा हुन्छ । विद्रोहमा जाने हो भने भिन्न भौतिक परिस्थिति निर्माण गर्नुपर्छ । तर्कका आधारमा त म्याद थपे पनि नथपे पनि क्रान्तिकारी नै भैरहन सकिन्छ । हामीले जनयुद्धमा गएर जनयुद्ध सिकेका थियौं ।

२०७४ भदौ २६ गते ११ः३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :