मधेसमा जताततै बम विष्फोट / लालबन्दी तनाव ग्रस्त

काठमाडौं : असोज २ गतेको तेस्रो चरणको निर्वाचन नजिकिंदै गर्दा मधेसमा गए राती पनि जताततै बम विष्फोटका घटना भएका छन् । सिरहा गोल बजार नगरपालिका वडा नं. ३ जम्दवा मतदान केन्द्रमा साँझ ८ बजे बम विष्फोट भएको छ । उता सर्लाही, हरिअाैन नगरपालिका १० सुकेपोखरीस्थित मतदान केन्द्रमा राती ९ बजे सिलिन्डर बम विष्फोट भएको छ । त्यसैगरी सर्लाहीको लालबन्दी नगरपालिका ९, स्थित जनज्योती उच्च माविमा अज्ञात समूहले राखेको बम डिस्पोजल गराउन त्यहाँ नेपाली सेनासहित सुरक्षाका ३ वटा अंग पुगेका छन् । अहिले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी आसपासमा यातायात अवरुद्ध भएको छ । घटनाको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

निजगढ नगरपालिका रतनपुरबाट प्रहरीले गएराती नेकपा बाराका जिल्ला स्तरीय नेता वीपी लामालाई साँझ पक्राउ गरेको छ । नेकपाका बारा इञ्चार्ज संजीवनी र सेक्रेटरी चन्द्रप्रकाशले घटनाको निन्दा गर्दै गिरफ्तार कार्यकर्तालाई नछोडे त्यसको कडा प्रतिवाद गरिने जनाएका छन् ।

२०७४ भदौ २६ गते ९ : ४५ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :