गुणस्तरहीन काम गर्ने वडाध्यक्ष र प्राविधिकलाई नेकपा (बहुमत) को चेतावनी

गुणस्तरहीन काम गर्ने वडाध्यक्ष र प्राविधिकलाई नेकपा (बहुमत) को चेतावनी

दोलखा/नेकपा (बहुमत) दोलखा जिल्ला संयोजक अन्जान लामा र भीमेश्वर नगर इन्चार्ज ईश्वर कार्कीसहितको नगर समितिको टोलीले भीमेश्वर ६ मा भएका विकास निर्माणका काम अनुगमन गरी गुणस्तरहीन काम गर्ने वडाध्यक्ष र प्राविधिकलाई गुणस्तरीय काम नभएमा कारबाही हुने चेतावनी दिएको छ ।

अनुगमनका क्रममा मैदाने मार्ग, वलिगाउँ च्याँसे मार्ग, सेती पहिरो घङारे बालविकास सडक उपभोक्ता समितिमार्फत भएका काममा वडा अध्यक्ष नवीनकुमार लामा र वडा प्राविधिक हरिशरण दाहालले आफन्तलाई ठेक्का मिलाउने, आफ्नो अनुकूलतामा उपभोक्ता समिति गठन गर्ने, नगर प्राविधिकले स्टिमेट अख्तियारी नदिई काम गराउने, उपभोक्ता समितिलाई सीमित खर्च दिई वडाभरिको काम विनोद तामाङ र प्रदीप तामाङलाई ठेक्कामार्फत गराइरहेको र त्यो पनि गुणस्तरहीन रहेको पाइएको नगर इन्चार्ज कार्कीले बताएका छन् ।

भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरलाई उक्त विषयमा जानकारी गराउँदा बेवास्ता गरेको र भीनपा ६ स्थित वलीगाउँ जाने बाटोको काम गुणस्तरहीन भेटिएकाले वडाध्यक्ष र वडा प्राविधिकलाई उक्त बाटोको मेसिनरी वाल भत्काई तत्काल गुणस्तरीय काम गर्न कडा निर्देशन दिइएको उनले बताए ।

उक्त वडामा भएका पुरातात्विक सांस्कृतिक सम्पदा मासिएमा र सरकारी सम्पत्ति दोहन गरेमा कारबाही गरिने चेतावनी उनले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :