पृथ्वी जयन्तीको विरोध गर्नेहरू गिरफ्तार

पृथ्वी जयन्तीको विरोध गर्नेहरू गिरफ्तार

काठमाडौँ/आफ्नो सरकारलाई बहुमत पु¥याउनका लागि प्रचण्डको सरकारले पृथ्वी जयन्तीका दिन देशभर छुट्टी दिने निर्णय गरेको थियो । उक्त बिदालाई लिएर यसअघि नै नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (मशाल) ले संयुक्त विज्ञप्ति नै निकालेर विरोध गरेका थिए ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट जनजाति महासङ्घले बुधबार माइतीघर मण्डलामा विरोध कार्यक्रम गर्न लाग्दा प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरूमा क्रान्तिकारी माओवादीका नेताहरू रामसिंह श्रीस, हतिरभक्त कँडेल, पवनमान श्रेष्ठ, शारदा महत, फुर्नाम्गेल मोक्तान, अमिर महर्जन, इन्दिरा अधिकारी, बलराम तिमिल्सिनालगायत १८ जना छन् ।

स्मरण रहोस्, जनयुद्ध र १९ दिने जनआन्दोलनका कारण २४० वर्षसम्म चलेको सामन्ती राजतन्त्र अन्त्य भएको थियो । तत्कालीन पुनस्र्थापित संसद्ले २०६३ साल जेठ ४ गते ‘संसदीय घोषणा’ राजा–महाराजाहरूको जन्मदिन नमनाउने घोषणा गरेको थियो । वर्तमान सरकारको पृथ्वी जयन्ती मनाउने निर्णयले २०६३ जेठ ४ र २०६५ साल जेठ १५ गतेको संसद्को पहिलो निर्णयलाई उल्ट्याएको मात्र हैन, यसलाई राजतन्त्र फर्काउने पहिलो कदमका रूपमा लिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :