नेकपा (बहुमत) द्वारा मधेस ब्युरोमा भव्यतापूर्वक माओ दिवस सम्पन्न

नेकपा (बहुमत) द्वारा मधेस ब्युरोमा भव्यतापूर्वक माओ दिवस सम्पन्न

काठमाडौँ : नेकपा (बहुमत) र अन्य दुई कम्युनिस्ट पार्टीसहित तीन पार्टीले सोमबार देशभर १३० औँ माओ दिवस मनाएका छन् । काठमाडौँलगायत कतिपय स्थानमा संयुक्त रूपमा माओ दिवस मनाइएको छ भने कतिपय ब्युरो र जिल्लाहरूमा नेकपा (बहुमत) को आयोजनामा माओ दिवस मनाइएको छ ।
यसैबीच नेकपा (बहुमत) मधेस ब्युरोअन्तर्गतका जिल्लाहरूमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को आयोजनामा विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता कमरेड माओको जन्मदिनका अवसरमा १३० औँ माओ दिवस भव्य रूपमा मनाइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सिराहाले गोलबजारमा १३० औँ माओ दिवस मनाएको छ । पार्टी जिल्ला संयोजक प्रवीणको अध्यक्षता, जिल्ला सदस्य गुल्मीको स्वागत मन्तव्य, युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय उपाध्यक्ष अविनाश कुँवर र पार्टी केन्द्रीय प्रकाशन विभागका अनुपम शर्माको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सञ्चालन बिन्दुकुमार शाहले गरेका थिए ।


त्यसैगरी सर्लाहीको बयलबास, ईश्वरपुरमा नेकपा (बहुमत) सर्लाहीले १३० औँ माओ दिवस मनाएको छ ।
जिल्ला पार्टी संयोजक बिहानीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता पार्टी जिल्ला सदस्य किसुनदेवले गरेका थिए भने सञ्चालन पार्टी जिल्ला सदस्य तथा युवा जनस्वयम्सेवकका केन्द्रीय सचिवालय सदस्य भरतले गरेका थिए ।
यसैगरी नेकपा (बहुमत) र क्रान्तिकारी माओवादी रौतहटले संयुक्त रूपमा माओ दिवस मनाएका छन् । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ मा सम्पन्न कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का मधेस प्रदेश इन्चार्ज रमेश प्रमुख अतिथि थिए । नेकपा (बहुमत) का जिल्ला संयोजक दीपकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् जिल्ला इन्चार्ज कुमार र नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य प्रह्लाद साह अतिथि थिए । कार्यक्रमको सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सेक्रेटरी राकेश मुखियाले गरेका थिए ।
यसैगरी धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ वीरेन्द्रबजारमा नेकपा (बहुमत) ले माओ दिवस मनाएको छ । कार्यक्रमकी प्रमुख अतिथि पार्टी नवौँ महाधिवेशन आयोजक समितिकी सदस्य एवम् जिल्ला इन्चार्ज विमला थिइन् । नेकपा (बहुमत) का जिल्ला संयोजक अर्जुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य रामेश्वरले स्वागत मन्तव्य राखेका थिए भने अखिल नेपाल महिला सङ्गठनकी केन्द्रीय सदस्य दृष्टिले सञ्चालन गरेकी थिइन् ।


यसै क्रममा बाराको महागढीमाई नगरपालिकामा माओ दिवस सम्पन्न भएको छ । नेकपा (बहुमत) का जिल्ला संयोजक शिवाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता किशोरीले र सञ्चालन ज्योतिले गरेका थिए ।
यसैगरी महोत्तरीको बर्दिबास नगरपालिकाको हाथीलेटमा नेकपा (बहुमत) का जिल्ला इन्चार्ज झमानको नेतृत्वमा माओ दिवस सम्पन्न भएको छ ।
त्यस्तै सप्तरीको डाक्नेश्वरी ३ तरही बजारमा नेकपा (बहुमत) सप्तरीले माओ दिवस मनाएको छ । पार्टीका सप्तरी जिल्ला संयोजक प्रकाशको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तरही बजार सरसफाइ गर्नुका साथै जनयुद्धका सहिद सुरजकी आमा जगतीदेवी रामलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा माओवादी केन्द्र परित्याग गरी बलदेव शाह, भूपेन चौधरी र जनमत पार्टीका मनिकलाल सदा नेकपा (बहुमत) मा प्रवेश गरेका छन् । कार्यक्रम युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय सदस्य अग्निले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :