राष्ट्रिय नाचघरमा ११ गते तीन कम्युनिस्ट पार्टीले १३० औँ माओ दिवस भव्यतापूर्वक मनाउँदै

राष्ट्रिय नाचघरमा ११ गते तीन कम्युनिस्ट पार्टीले १३० औँ माओ दिवस भव्यतापूर्वक मनाउँदै

काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा मशालले यही पुस ११ गते १२ बजे काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा संयुक्त रूपमा १३० औँ माओ दिवस भव्यतापूर्वक मनाउने भएका छन् ।
नेकपा (बहुमत) को केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार तीनै पार्टीले काठमाडौँमा केन्द्रीय स्तरमा भव्य गोष्ठीसहित १३० औँ माओ दिवस मनाउन लागेका हुन् । तीनै पार्टीले काठमाडौँका साथै देशभर विभिन्न सिर्जनात्मक कार्यक्रमका साथ संयुक्त रूपमा माओ दिवस मनाउने निर्णय भएको छ ।
संयुक्त रूपमा १३० औँ माओ दिवस मनाउन नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल र नेकपा मशालका नेता चिन्तामणि पौडेलको नेतृत्व रहेको १३० औँ माओ दिवस आयोजक समिति गठन गरिएको छ ।
प्राप्त समाचारअनुसार तीन पार्टीले केन्द्रीय रूपमा काठमाडौँमा र स्थानीय स्तरमा देशैभर माओका योगदान, माओवादको अपरिहार्यता, वैज्ञानिक समाजवाद र माओवादलगायत विविध विषयमा गोष्ठी, छलफल, अन्तरक्रियालगायत सिर्जनात्मक कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रमको तयारी पूरा हुने चरणमा रहेको नेकपा (बहुमत) को केन्द्रीय कार्यालयले दिएको छ ।

विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओ २६ डिसेम्बर १८९३ मा जन्मिएका थिए । माओको जन्मदिनमा संसारभरका मालेमावादीहरूले सिर्जनात्मक–वैचारिक कार्यक्रम गरी माओ दिवस मनाउने गर्छन् । नेकपा (बहुमत) लगायत क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपालमा पनि माओ दिवस मनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :