अखिल क्रान्तिकारीद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

अखिल क्रान्तिकारीद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) काठमाडौँले नेपाल युवक माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न वर्गका छात्रछात्रालाई जाडो मौसमका कपडा वितरण गरेको छ । अखिल (क्रान्तिकारी) काठमाडौँका संयोजक एवम् सङ्गठनका केन्द्रीय सदस्य मिमबहादुर ऐडी र केन्द्रीय सदस्य आयुषा भुजेलको उपस्थितिमा बिहीबार छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा नेपाल युवक माध्यमिक विद्यालयकी प्रधानाध्यापक सरिता थापा छेत्री र सोही विद्यालयका कक्षा शिक्षिकाहरूको उपस्थिति थियो । सङ्गठनले कक्षा २ मा अध्ययनरत रिभा ठाकुर, कक्षा ३ मा अध्ययनरत प्रविन सुनुवार, कक्षा ४ का मनीष नेपाल र सलिना तिमिल्सिनालाई सहयोग पनि उपलब्ध गराएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :