भारतीय ज्यादतीका विरुद्ध क्रान्तिकारी माओवादीले प्रदर्शन गर्ने

भारतीय ज्यादतीका विरुद्ध क्रान्तिकारी माओवादीले प्रदर्शन गर्ने

काठमाडौं : मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले भारतीय ज्यादतिका विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । महाकाली लगायतका क्षेत्रमा भारतले गरेको सिमा अतिक्रमण र ज्यादतीका विरुद्ध विरोध प्रदर्शन गर्न लागिएको हो । नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश ३ को आयोजनामा यही मंसिर २५ गते काठमाडौँको रत्नपार्क शान्तिबाटिकामा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । सो पार्टीको हालै सम्पन्न प्रदेश ३ को बैठकले यस्तो निर्णय गरेको हो । क्रान्तिकारी माओवादीले लिम्पियाधुरा-कालापानी-लिपुलेक लगायत भारतद्वारा अतिक्रमण गरिएका सम्पुर्ण नेपाली भुमि फिर्ता गर्नुपर्ने, सन् १९५० लगायत भारतसँग गरिएका सम्पुर्ण असमान सन्धि सम्झौताहरु खारेज गर्नुपर्ने, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्नुपर्ने, परस्पर राष्ट्रिय हितमा आधारित भएर विदेश नीति सञ्चालन गर्नुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :