काठमाडौँमा राजनैतिक प्रशिक्षण र सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँमा राजनैतिक प्रशिक्षण र सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काठमाडौँ जिल्ला सम्मेलन आयोजक समितिको राजनैतिक वैचारिक प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको लैनचौरमा बिहिबार सम्पन्ने प्रशिक्षणमा बोल्दै बहुमतका संयोजक कन्चनले नेकपा(बहुमत) र क्रान्तिकारी (माओवादी)बीच भएको पार्टी एकता संयोजन समितिले व्यापक छलफल गरी नेपाली क्रान्तिलाई सम्पन्न गर्ने उदेश्यका साथ पार्टी एकता छिटै टुङ्ग्याउने बताए । पार्टीको कार्यक्रम र कार्यदिशाको व्याख्या गर्दै संयोजक कन्चनले संसदीय चुनाव निर्वाचन अवज्ञा गर्ने आफ्नो पार्टीको कार्यक्रम उपलब्धीमूलक भएको भन्दै यसले जनता र पार्टीलाई जोडने काम गरेको बताए । साथै उनले हालै राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति, नेपाली कम्युनिस्ट आन्दोलन र आफ्नो पार्टीको अवस्थाको बारेमा पनि स्पष्ट पारेका थिए ।
यस्तै पार्टीका प्रवक्ता सुदर्शनले पार्टी सचिवालयको निर्णयहरुको व्याख्या गर्दै आफ्नो पार्टीको संसदीय निर्वाचन अवज्ञा कार्यक्रम परिपक्क र वस्तुवादी सावित भएको र यसले आगामी दिनमा पार्टीलाई विचारधारात्मक रुपले अझ माथि उठाउन स्कुलिङ र प्रशिक्षणको व्यवस्था गरिएको वताए । यस्तै संगठनलाई विस्तार र सुदृढ गर्न प्रारम्भिक इकाईहरुको निर्माणमा जोड दिने, आर्थिक उत्पादन कार्यलाई प्राथमिकता दिने र संघर्षलाई जनजीवीकाका विषयमा केन्द्रीत गर्ने निर्णय गरिएको बताए ।
यस्तै पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा वाग्मती व्युरो उपत्यका व्युरो इन्चार्ज शरद रसाईलीले आफ्नो पार्टीले गरेको संसदीय निर्वाचन अवज्ञा कार्यक्रम वस्तुवादी भएको भन्दै कतिपय घटनाहरु दुरगामी महत्वका हुने वताए । प्रचण्ड माओवादी चुनावबाट सिद्धिएको र अरु क्रान्तिकारीहरु पनि टुक्रा टुक्रा भएको भन्दै उनले अव नयाँ आधारमा नयाँ एकता आवश्यक भएको बताए । पार्टीलाई नयाँ गति चाहिएको भन्दै वैज्ञानिक ज्ञान प्राप्त गरेर फेरी वैज्ञानिक क्रान्ति पुरा गर्नुपर्ने भन्दै कम्युनिस्टहरु समान्ती चेतनाले प्रभावीत नभएतापनि पछौटे चेतनाले घर गरेको बताए ।
कार्यक्रममा चुनाव अवज्ञा अभियानमा गिरफ्तार भई रिहा भएका नवराज भट्ट, गोविन्द विष्ट, प्रवेश रुम्बा, रमेश सुनार, बीरेन्द्र नेपाली, स्मृति कार्की, गणेश थापा, कृष्ण खड्का, बचन शाह, भीम ऐडी, दिनेश नेपाली, भूपाल वि.क. आयुषा भुजेल, सम्झना गिरी, धनराज वि.क., सपना पुन, दिनेश जोशी, चक्र थापा, विक्रम पौडेल,सम्झना श्रेष्ठ र सरोज अर्याललाई सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता पार्टीका काठमाडौँ जिल्ला इन्चार्ज दिपेन्द्र, काठमाडौँ संयोजक अविरलले संचालन र स्वागत भाषण भीमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :