कास्कीको लुम्रे मतदान केन्द्रबाट निर्वाचन अवज्ञाका क्रममा गिरफ्तार तीनजना रिहा

कास्कीको लुम्रे मतदान केन्द्रबाट निर्वाचन अवज्ञाका क्रममा गिरफ्तार तीनजना रिहा

कास्की : चुनाव अवज्ञा कार्यक्रममा सहभागी भएको आरोप लगाउँदै मङ्सिर ४ गते कास्कीको माछापुच्छे« गाउँपालिका लुम्रे मतदान केन्द्रबाट गिरफ्तार गरिएका नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य हरि बिष्ट, युवा जनस्वयम्सेवक, नेपालका केन्द्रीय सदस्य निशानबाबु पुन र सोही सङ्गठनका कास्की जिल्ला समिति कोषाध्यक्ष सूर्य परियार आइतबार रिहा भएका छन् । तीनैजनालाई कास्की जिल्ला अदालतले चर्को धरौटीमा रिहा गरेको हो ।
उनीहरूलाई नेकपा (बहुमत) ले आह्वान गरेको चुनाव अवज्ञा कार्यक्रममा सहभागी भएको आरोप लगाएर गिरफ्तार गरेर निर्वाचन कसुरलगायत झूट्टा मुद्दा लगाई कास्की जिल्ला प्रहरीले हिरासतमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :