पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै युवा र विद्यार्थीले टाँसे कालो ब्यानर

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै युवा र विद्यार्थीले टाँसे कालो ब्यानर

महेन्द्रनगर : नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुर र अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला समितिले पेट्रोलियम पदार्थको मूल्य समायोजनका लागि नेपाल आयल निगमलाई दबाब दिँदै महेन्द्रनगर बसपार्क नजिक चमनचोकमा कालो व्यानर टाँगेका छन् । ब्यानर टाँग्ने कार्यक्रममा विद्यार्थी, युवा नेता-कार्यकर्ताको उपस्थिति थियो । नेकपा (बहुमत) निकट युवा-विद्यार्थीले देशभर दबाबमूलक कार्यक्रम सञ्चालन गरिरहेको अवस्थामा महेन्द्रनगरमा पनि कालो ब्यानर टाँसिएको युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरका इन्चार्ज दीपेन्द्र ऐरीले बताए । कालो ब्यानरमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोल र डिजेलमा मूल्य घटिरहेको भए पनि नेपाल आयल निगमले भने नघटाएको भन्दै विरोध जनाइएको छ । ब्यानरमा लेखिएको छ-पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गर, बढ्दो महँगी नियन्त्रण गर, भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर, अहिलेसम्मका आयल निगम कार्यालय प्रमुखहरुको सम्पत्ति छानबिन गर ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :